कर्णाली प्रदेशको कालिकोटमा पहिलो पटक सरुवा रोग अस्पताल बनेको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार कालिकोटको मान्मामा एक कार्यक्रममा अस्पतालबाट सेवा दिने गरि उद्घाटन गर्नु भएको हो ।हाललाई १५ शैयाको उक्त, सरूवा रोग अस्पताल कालिकोट सदरमुकाममा रहेको एकीकृत भवनमा सञ्चालनमा ल्याइएको हो । यो अस्पताल निर्माणका लागि अाफु मुख्यमन्त्री हुदा शाहीले प्रदेश सरकारको रु. १ करोड बजेट बिनयोजन गर्नु भएको थियो । तत्कालका लागि यो अस्पतालमा २१ जना जनशक्तिको कर्मचारी तेरीज समेत तयार भैसकेको बताईएको छ । वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन १ जना, मेडिकल अधिकृत एक जना, हाउस किपर सहायक १, फार्मेसी सहायक १ जना लगायत गरी २१ जनको दरबन्दी रहेको कालिकोट जिल्ला जनस्वास्थ्य कार्यलय प्रमुख समेत रहनु भएका डाक्टर रत्नबिर सुनारले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै कर्णालीका निबर्तमान मुख्यमन्त्री शाहीले अब कर्णालिका जनताको रोग, भोग अशिक्षाको समस्या झेल्नु नप्रने बताउनु भयो । कालिकोट ,बाजुरा दैलेख र अछामका केही भुगोलबाट सेवा लिन कालिकोट अाउने शाहीले दाबि गर्नु भयो । शाहीले शिक्षा ,स्वास्थ्य र सडक पुर्वाधारमा अाफ्नो कार्यकालमा बाहेक अरू कुनै बेला ठूलो बजेट नअाएको र भोलि नअाउने दाबि गर्नु भयो । शाहीले मुख्यमन्त्री भएर कालिकोटमा के भयो भन्नेहरूले अब गरेर देखाउन चुनौति दिनु भयो । उहाले मुख्यमन्त्री महेन्द्र शाही भएर के गरेर भन्नू भन्दा अाखा खोलेर सडक क्षेत्रमा अाएको बजेट ,स्वास्थ्य क्षेत्रमा अाएको बजेट र नीति कार्यक्रम हेरेर मात्र भ्रम छर्न अाग्रह गर्नु भयो । शाहीका साथमा उद्घाटन समारोहमा रहेका रास्ट्रियसभा सदस्य जीवन बुढा, खाडाचक्र नगरपालिकाका उप प्रमुख बिजया बिष्ट ,समन्वय सदस्य नेत्रराज शाही प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अाचार्य लगाएतको उपस्थितिमा भएको एक कार्यक्रममा अस्पतालको उद्घाटन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी कटक महतले बताउनु भयो।