केहि दिन यता वर्षौ आलोचनाको केन्द्र बनिरहेका सामुदायिक विद्यालय र गैर जिम्मेवार शिक्षक र विद्यालय प्रशासनको आरोप खेपिरहेका शिक्षकको सामाजिक सञ्जालमा हाइहाइ भएको पाइन्छ ।
1) त्यसरी हाइहाइ हुनेमा विद्यालय कक्षामा नानीबावुहरूलाई स्वागत गरिरहेको रास्कोट बडिमालिका मा.वि का शिक्षक कृष्ण प्रसाद बरालको कला र सोहि विद्यालयको आवासिय सुबिधा सहितको रात्रीकालिक कक्षा सञ्चालनको फोटो ,
२) कालाशिल्ला मावि गोरखालीगाउँमा स्वयंम् प्रधानाध्यापक आसा (केसि ) धमालाले रात्रीकालिन कक्षा अध्यापन गराइरहेको स्कुल फोटो ,
३) जनजाग्रिती मावि डुग्रिडाँडाका शिक्षकले लिएको रात्रीकालिक कक्षा फोटो जस्ता यी क्रियाकलापले रास्कोटको अन्य भौतिक तथा आन्तरिक सुशासनमा धारे हात लगाउनेहरूको राजनीतिक प्रतिसोधपुर्ण टिप्पणीको खण्डन गरेको छ । कि अन्य विकासमा पनि रास्कोटमा नयाँपन छ र अन्यको सिकाइका लागी सकारात्मक छन् ।
गत वर्ष २०६९ बैसाख ३१ गते नेपालमा स्थानीय तह निर्वाचन भयो। देसमा संघीय समावेसी शासन ब्यवस्था पछि दोस्रो पटक भएको निर्वाचनबाट रास्कोटमा माओवादी केन्द्रका तर्फबाट युवा नेता धर्मराज शाही नौ वटा वडा मध्य २ वडामा अध्यक्ष बाहेक र ७ वडामा पुर्ण सहित बहुमत सदस्य जितेर नगर सरकारको नेतृत्वमा पुगे , त्यही बेला उनले एउटा घोषणा गरे शिक्षामा क्रान्ति गर्छु , त्यस पछि स्थानीय स्तरमा हुने कक्षा ८ को परिक्षा प्रणालीमा सुधार गर्छु भनेर परिक्षा प्रणालीमा सुधार नगर्ने विद्यालय अनुदान घट्छ भनेर त्यसै ग्रेड नंम्बर थपेर पास गर्ने जस्ता गलत कुरा हटाउछु भनेर नगरमै उत्तर पुस्तिका चेकजाँच गर्ने नीति लिए। त्यो बेला कतिपय विद्यालयमा प्रहरी लगाएर नै परिक्षा हलमा प्रवेश गर्नु पुर्व विद्यार्थी अंगलाई चेकजाँच गरियो विद्यार्थीको मनोविज्ञान ह्रास भयो भनेर आलोचना पनि भयो बहस समुदायको सहतहमा पनि आयो परिक्षामा जम्मा १०५ विद्यार्थी कक्षा बृद्विभए त्यस पछि विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा टिकाउने र उनिहरूको गुणस्तर कसरी सुधार गर्ने ।
बिगत देखिकै एउटा शिक्षामा बहस थियो । नेपालको शैक्षिक प्रणालीमा अथाह सरकारी लगानीका सामुदायिक सरकारी विद्यालयको उत्पादनमा शैक्षिक गुणस्तर शून्य ,बिना सरकारी लगानी बिना मापदण्ड निजि न्यून लगानीका बोडिङ स्कुलको उत्पादन किन गुणस्तर छ रु आखिर किन सरकारी स्कुल छाडेर विद्यार्थी खेतपाखो बेचेर सहर र सदरमुकामका महंगा बोडिङमा पढाउन बाध्य छन् अभिवावक रु कुनै न कुनै मापदण्ड , शिक्षक सेवा , लाइसेन्स परिक्षामा लेवल कायम गरेका सरकारी स्कुलका शिक्षकले पढाउने स्कुलको गुणस्तर खस्कनुको बिषय र कारण के छ रु छलफल भयो ।
त्यो बेलामा नगर प्रमुख धर्मराज शाहीसंग, शिक्षा साखा प्रमुुख खेमराज शाही र केही प्रधानाध्यापकसंग रास्कोटको एक सचेत नागरिकको हैसियतले सामाजिक सञ्जाल म्यासेन्जर र फोन मार्फत नै कुराकानी र छलफल गरेको याद आजको रास्कोटको शैक्षिक क्रान्तिले स्मरण गराउद छ । बहस र छलफलको मुलभाव थियो ,परिक्षामा प्रणाली सुधार गर्न पाइन्छ तर बर्दिधारी प्रहरी लगाएर बालबालिकालाई चेकजाँच गराउनु गलत हुन्छ की , दोस्रो परिक्षा प्रणाली आम विषय हो त्यो रास्कोटको १ विद्यालय त्यसमा पनि कक्षा ८ मा मात्र सुधार गर्ने नाममा टाइट गर्दा परिक्षामा फेल हुने ड्रप आउट हुने विद्यालय उमेरका बालबालिका स्कुल बाहिर बढी हुन्छन् की रु तिनिहरूलाई कक्षा दोहोरीने र टिकाइ राख्ने कसरी हरु अबको ५ वर्ष पछि स्कुल उमेरका बालबालिका ८०५ बाहिर , शैक्षिक मापन सुचकमा रास्कोटको स्तर के हुने रु अर्थात त्यसो हुन नदिन केही उपाय लगाउने चुनौती थियो । त्यहि शिलशिलामा भएको डिस्कसनको क्रममा दिएको सुझावले एका तर्फ मन प्रफुल्ल हुन्थ्यो भने केही हदसम्म विद्यालय उमेर देखिसंगै पढेलेखेको र युद्व सहयात्रीको हैसियतले संगै उमेरसमूहको हुनुको नाताले प्राय जिस्किने बानीको कारण हुन सक्छ नगर प्रमुख धर्मराज शाहीले ठाडो ठाडो दिएको उत्तर रिप्लाइले के हातबानी बसु , फेलभएका ईन्डिया जान्छन ,ब्यापार गर्छन । के हो होस्टेल रु आवासिय कस्तो रु दिउसो कि राति रु होस्टेल यस्तै यस्तै रिप्लाइ दिए पछि खिन्न लागेको थियो तर त्यो स्मरणले आज मन प्रफुल्ल हुदै गएको छ । रास्कोटका सरकारी स्कुललमा नगर सरकारले दिएको आवासिय सुबिधाको ब्यवस्थापन र सुधार हेर्दा रात्रीकालिन कक्षा र आवासिय ब्यवस्थापनमा पुगेको हेर्दा बल्ल अब जिम्मेवार प्रशासन , अनुशासित बिद्यार्थी, कर्तब्यनिष्ठ शिक्षक र अभिवाकिय नेतृत्वदायी नगर सरकारको बल्ल तालमेल मिलेको छ । अब आस गरौ रास्कोटका सामुदायिक बिद्यालयको शैक्षिक स्तर माथि उठ्ने छ ।
आज संघीय शासन ब्यवस्थापको स्थानीय सरकार जनताको माइक्रो समस्या समाधानको सरकार मानिन्छ । त्यसमा रास्कोट नगर सरकारले गरेका केही यस्ता सुधार नेपालभर अनुशरण गर्न लायक छन् ।सुशासन डेस्क ,नागरिक सहायता कक्ष, हेलो मेयर टोलफ्रि नं बडापत्र , नगरको आम्दानी श्रोत बृद्विको योजना , शिक्षामा भएको परिणात्मक सुधार , शिक्षक दरबन्दी मिलान र बर्षौ देखि कब्जा जमाएर बसेको फेलिएर विद्यालय प्रशासन माथिको हस्तक्षेप संगै मेयर हेल्थकेयर मार्फत चिकित्सकिय स्वास्थ्य सेवा , सहित नगर बिषयगत साखाका सेवा जनताको घरदैलोबाट प्रवाह गर्ने नीति र शैक्षिक ब्यवस्थापन , नागरिकको घरबिमा जस्ता कुरा रास्कोटबाट सिक्न लायक छन ।
महान दार्शनिक अरस्तुले भनेको कुरा स्मरण हुन्छ The roots of education are bitter but fruit is sweet ” शिक्षाको जरा तितो हुन्छ तर फल मिठो हुन्छ । यो भनाइ हेर्दा रास्कोटले लिएको शैक्षिक नारा शिक्षामा क्रान्ति , काज सरूवा दरबन्दी मिलान , प्रधानाध्यापक हेरफेर र परिक्षा प्रणाली सुधारको योजना अनुसरण गर्न लायक छ । त्यस कारण अन्यले सिक्नु पर्छ र सिकुन् ।
आज भोलि बडिमालिका मावि रास्कोट, जनजाग्रिती मावि फुकोट, मोतिराम मावि सिफ्खाना र कालशिल्ला मावि गोरखालीगाउँमा एस ई।ई तयारी स्वरूप र केही विद्यालयमा आधारभूत तह देखिनै बालबालिकालाई आवासिय सुबिधा दिएर केहि शिक्षक होस्टेल फादरका रूपमा बस्ने गर्छन भने केही exam class लिएर घर जाने ब्यवस्था रास्कोटमा छ । आवासिय सुबिधाको लागि ति विद्यालयमा थोरै मात्रामा बजेट नगर सरकारले दिएको छ भने केही विद्यालयको आन्तरिक श्रोटबाट मिलान गर्ने गरिन्छ ।यसलाई अज सक्ने अभिभावकलाई जिम्मेवार बनाएर आवासिय होस्टेल सुबिधा समुदाय अर्थात अभिभावकिय जिम्मा लगाउन पनि जरूरी देखिन्छ ।