रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस रास्कोटका अन्तरक्रिया

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज मङ्सिर १८ गते ३ डिसेम्बर २०२४ तारिखका दिन विश्वभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइएको छ । नेपालमा पनि यो दिवसको अवसरमा दीप प्रज्वलन,अन्तर क्रिया प्रभातफेरी लगायतको कार्यक्रम गरी मनाईएको छ । यसरी सोमबार रास्कोट नगरपालिका बालबालिका तथा जेष्ठ नागरीक साखाले अपाङ्गता भएका ब्यक्तिहरूको अन्तरक्रिया गरेर दिवस मनाएको छ ।
अन्तरक्रिया रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यथामा भएको कार्यक्रममा रास्कोट नगरका प्रमुख प्रशासकिय अधिकृत जवानसिह बम वडा अध्यक्षहरू वडा नं ५ का अध्यक्ष मन तिरूवा , वडा नं ९ का अध्यक्ष धन ब धामि , ८ का अध्यक्ष मनिराज बराल १ का अध्यक्ष उदयराम आचार्य , २ का अध्यक्ष धुर्वराज सिम्खाडा , ३ का अध्यक्ष राजेन्द्र नाथ योगी सहभागि रहेको कार्यक्रममा रास्कोट नगरमा रहेका अपाङता भएका ब्यक्तिहरू सहभागि रहेका थिय ।
उक्त कार्यक्रममा रास्कोट नगरपालिका महिला बालबालिका साखा प्रमुख सरस्वति वली बिष्टले दिवस मनाउनाका कारण र यसको महत्वलाई सर्वसाधारणको जानकारीको लागी सञ्चार माध्यमबाट उजागर गराई अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार र अपाङ्गता समावेशी विकास अवधारणा प्रवर्धन गराई उनीहरुको जीवनस्तरमा सुधार ल्याउन सबैको सहयोग, कृयाशिलता  र सहकार्यको लागी आह्वान गर्ने अभिप्रायले अन्तरक्रियाको आयोजना गरिएको हो ।
उहाले अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको सुरुवात विश्वभर एकीकृत रूपमा प्रवर्धन गर्न सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको बताउनु भयो । सुरुमा यस दिवसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो। तर, सन् २००६ डिसेम्बर १३ तारिखका दिन संयुक्त राष्ट्र सङ्घको ६१औ महासभाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधी पारित गरी सन् २००८ देखि  लागू  भएपछि  अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस भनी नामाकरण गरि विश्व भर एकैसाथ ३ डिसेम्बरका दिन मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !