सदिक्षा सेजुवाल काठमाण्डौ
जातीय विभेदजन्य घटनामा संलग्न रहेको भन्दै गृहमन्त्रि रमेश लेखकको राजिनामा माग गर्दै माओवादी केन्द्र निकट अखिलक्रान्तिकारीले काठमाण्डौमा राकेजुलुस सहित प्नदशन गरेको छ ।सार्वजनिक रूपमा दलितलाइ अपहेलित हुने खतलको गतिबिधमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको भन्दै अखिलले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हो । उनीहरूले घटनाको विरोध गर्दै अखिल क्रान्तिकारीले बिरोध प्रदशन गरेको हो ।
अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको घटनालाइ लिएर गृहमन्त्रि लेखकको राजिनामा माग हुन थालेको छ ।
सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका सत्येन्द्रलाई गृहमन्त्रिको निर्देशनमा प्रहरीले मुम्बईसम्म पुगेर पक्राउ गरेको भन्दै बिरोध हुन थालेको छ ।। विवाह दर्ता गरिसकेपछि पनि उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको दलित अधिकार सम्बद्व निकाय र अधिकार कर्मिहरूले बताएका छन ।
। अन्तरजातीय विवाह छुटाउनकै लागि यसरी प्रहरीले दमन गर्दै आएको पीडितले बताएका छन् । गृहमन्त्रीकै निर्देशनमा यसरी अन्तरजातीय विवाह गर्ने किशोर–किशोरीलाई पटक–पटक पक्राउ गरिएको उजुरीका आधारमा राष्ट्रिय मानव अधिकार आयोगले र दलित अधिकारकर्मीहरूले पनि बिरोध गर्दै आईरहेका छन ।
एक मधेसी समुदाय को दलित ले आफ्नो पार्टी को कार्यकर्ता को छोरी संग प्रेम विवाह गरेपछि नेपाली काग्रेस को नेता समेत रहेका गृह मन्त्रि लेखकले संवैधानिब प्रक्रिया लाई मिचेर गरिएको सड्यन्त्र चिरफार हुने अखिल क्रातिकारीकाले जनाएको छ । दलित माथि गरेको अन्याय प्रति नेकपा माओवादीको (केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी क्याम्पस जिल्ला समिति ले त्रिचन्द्र क्यापस अगाडि प्रशन गरेकोको अखिल क्रान्तिकारीले जनाएको छ
	    	
															
															
															
															





															
															
															
															
															
															
															
															
															
															


