कालिकोट/ खाडाचक्र न पा ६ मा बाख्रा चराउन गएका ६३ बर्षीया एक जनाको मृत्यु भएको छ । खाडाचक्र नगरको वडा नं ६ बिरुम्बाडा निबासि ६३ बर्षीया नन्दे शाहीको बाख्रा चराउन गएका बेला भरबाट लडेर जणयान गएको हो । बाख्रा ल्याउन जाने क्रममा सिम्लेगाड बनमै हराएका शाहीको आफन्तले खोजि गर्ने क्रममा आज बिहान मृत भेटाएको उनका आफन्त मनसिह शाहीले बताए । सिम्लेगाड खोला पुल माथि भिरबाट लडेर हिजो हराएका शाहीको मृत सव आज बिहान भेटिएको शाहीले बताए । आजै उनकोधार्मीक परम्परा अनुसार आजै दाहासंस्कार हुने बताईएको छ ।
	    	
															
															
															
															





															
															
															
															
															
															
															
															
															
															


