रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्काेट नगरपालिकामा रहेको न्याैपाने होटलमा कालिकोटकै पहिलो इलेक्ट्रिक कफि मेसिन नगर प्रमुख शाही द्वारा उद्वघाटन ।

कालिकोट ~रास्कोट नगरपालिकामा रहेको न्याैपाने होटलमा इलेक्ट्रिक कफि  मेसिन नगर प्रमुख धर्मराज शाही(पोषण), रास्काेट नगरपालिका वडा नं ५का वडा अध्यक्ष मन तिरुवा , प्रमुख प्रसाशकिय अधिकृत जवानसिंह बम, अधिबक्ता उमाकान्त न्योैपाने लगाएत को सहभागितामा कफि मेसिन उद्वघाटन कार्यक्रम सम्पन्न ।

उक्त उद्वघाटनमा बोल्दै नगर प्रमुख शाहीले यस्ताे बताउनु भएको छ। आजको विश्वमा कफीको नाम नसुन्ने सायदै कम मानिस होलान्। चिया जस्तै कफी पनि एक वैधानिक पेय पदार्थ हो। आठऔं शताब्दी तिर इथियोपियाको कफा भन्ने प्रान्तबाट बाख्रा गोठलाले पत्ता लगाएको कफी विश्वमा पेट्रोलियम पदार्थपछि धेरै आर्थिक कारोबार हुने बस्तुमा दोश्रो नम्बरमा पर्छ। प्रत्येक दिनको तथ्यांक हेर्ने हो भने विश्वमा २ अर्ब २५ करोडभन्दा बढी कप कफी खपत भैरहेको अवस्था छ। आज विश्वमा सामान्य दिनचर्याको सुरुआत होस् या सामान्य भेटघाटदेखि परिवर्तनका योजनाहरु पनि कफी गफमै हुने गर्दछन्।

कफी संस्कृतिको विकास आज मानिस बसोबास गर्ने संसारका जुनसुकै कुनामा पनि पुगेको देखिन्छ। युवापुस्ता माझ अझै लोकप्रिय कफीलाई विश्वका कतिपय देशमा व्यक्तिहरुको मान प्रतिष्ठा र संस्कारसँग जोडेर हेर्ने चलन बताउनु भएको होटल संचालक खगेन्द्र न्योैपानेले खबर कर्णाली लाई  बताउनु भएको छ। तस्बिर: टिकाराज उपाध्याय (आफन्त)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !