रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

दातृ निकायका कार्यक्रमहरूको सामाजिक लेखापरीक्षण

कालीककोट : कालिकोट जिल्लामा बित ३ दशक यता जिल्लामा क्रियाशिल रहेको ग्रामीण विकास तथा प्रर्यावरण संरक्षणमञ्च (भिडिेसफ) नेपालले आर्थिक वर्ष २०८१/८२ ा बिभिन्न दातृ निकायको सहयोग र स्थानिय निकायसंगको साझेदारीमा सन्चालित बिभिन्न कार्यक्रमहरूको सामाजिक लेखापरीक्षण सम्पन्न गरेको

नागरिक संस्थाहरू सधे अरूलाई ओैला उठाछन तर आफूले आफुलाई  फर्केर कहिल्यै हेर्दैनन्  सधै अरूको सेवमा पारदर्सिता ,सुशासन र उत्तरदायित्वको ओैला उठाईरहन्छन ,नागरिक संस्थाहरू आफूले प्रवाह गर्ने सेवाको गुणस्तर सर्बेक्षण नगर्ने  ,राजनितिक संलग्नताको आरोप खेपिरहने गरेकोमा कालिकोटमा  सामाजिक लेखा परिक्षण गरेर गैरसरकरी संस्था भिडिसेफ नेपाललले नयाँ  कामको थालनी गरेको छ , पारदर्शिता जवाफदेहीता तथा उत्तरदयीत्य भिडिसेफको प्रतिबद्धता भन्नेमुल नाराका साथ संस्थाले जिल्लामा पहिलापटक सार्वजनिक लेखापरीक्षण गरेक भिडिसेफ नेपालका अध्यक्षकल्पना रावल बोगटीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गाोकणराज सुयलको प्रमुख आतिथ्यता, शुभकालीकागाउपालिकाका अध्यक्ष गाोबिन्द आचार्य, नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका उपसभापति एवं भिडिसेफनेपालका संस्थापक अध्यक्ष मीनबहादुर बोगटीको बिशेष आतिथ्यतामा सार्वजनिक लेखापरीक्षण भएको हो

सार्वजनिक लेखापरीक्षणमा संस्थाले आम्दानी खर्च विवरण सार्वजनिक गर्दै, सम्पन्न गतिविधिहरू, उपलब्धि चुनौतीहरूबारे भिडिसेफ कालिकोटका ब्यवस्थापक राजेन्द्र ब शहकारीले जानकारी गराउनु भएको थियो लेखापरीक्षणमा बोल्दै प्रमुखअतिथि प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले अन्य गैरसरकारी संस्थाले पनि सार्वजनिक लेखापरीक्षण गर्न सुझावदिए उनले संस्थाले आठ वटा पी मा रहेर काम गरिरहेकभन्दै खुसि ब्यक्त गरे

कार्यक्रममा विशेष अतिथि शुभकालिका गाउपालिका अध्यक्ष गोबिन्द आचार्यले संस्थाले पालिकाकसहकार्यमा उत्कृष्टकाम गरिरहेकबताए उनले संस्थाले देखाएकखर्च गरेका क्रियाकलापले केही परिवर्तन भएको उल्लेख गरे नेकपाएमाले नेतृ जलशा बुढाले समाज परिवर्तनको मुख्य मेरूदण्ड मानिएकगैरसरकारी संस्थाले सार्वजनिक रूपमा यसरीलेखापरीक्षण परिक्षण गर्नु राम्राकाम भएकाे बताईन् उनले शुभकालिकामा संस्थाले गरेका क्रियाकलाप जिल्लाकाेपलाता गाउपालिकामा संचालन गर्न आग्रह गरिन्

कार्यक्रममा सहभागीहरूले संस्थाको पारदर्शिता जवाफदेहिताको प्रशंसा गर्दै आगामी वर्षका लागि सुझाव दिएका थिए संस्थाका महासचिव महेश प्रसाद भट्टराईले स्वागत गरेसंगै संस्थाका व्यवस्थापक राजेन्द्र सहकारीले संस्थाकले वित्तीय विवरणसहित संस्थाले बार्षिक रूपमा गरेका क्रियाकलाप प्रस्तुत गरेका थिए

सार्वजनिक लेखापरीक्षणको अन्त्यमा संस्थाका अध्यक्ष कल्पना रावलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमाअझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन कार्यक्रमकसहजिकरण पत्रकार रत्नबहादुर कार्की पुष्पराज भट्टराईले गरेका थिए । केही दिन अघि पत्रकार दोय  कार्की र भट्टराईलाई नागरिक सन्तुष्टी सर्वेक्षणका लागी अवलोकनकार्यमा खटाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !