कालिकोट / गत हप्ता अर्थात यसै महिना (भाद्व) २३ र २४ गते राजधानी लगाएत देशभर भएको जेन जीआन्दोलनका क्रममा मृत्यु हुनेको संख्या पनि ७२ बढी नाघिसकेको छ । सयौं घाईतेले अस्पतालका सैया भरिएका छन्। यता हजारौं सरकारी भवन र हजारौं ब्यक्तिका निजि घर अनि लाखौ सवारी साधन र त्यतिकै संख्यामा ब्यापारी होटेल पसल र अपारमेन्टहरू जलेका छन्। अड्डा ,अदालत र बित्तिय संस्था समेत जलेर खरानी भएक छन्।
तर आज हप्ता दिनको परिणाम हेर्दा देशले एक थान प्रधानमन्त्री भने पाएको छ । दशैं आउदै थियो , घरमा आमाबुवा , बाजेबजै , आफन्तसंग भेटघाट गर्ने र गाउँमै रमाईलो गर्ने सपना सजाइदै थियो । घरमा घरपरिवार ,आफन्त , दाजुभाइ ,दिदीबहिनी अध्ययन गर्न गएका आफ्ना सन्तान घर आउने आसा झन सजाउदै थिए तर दशैं तिहार छठ पर्व नजिकमा गत हप्ता२३र २४ गते देसभर जेन जी आन्दोलन उठ्छ । देसभर दश वर्षे जनयुद्वले ननिम्ताएको आधिबेहेरी एकै दिनमा निम्तिन्छ र सबैका सपना चकनाचुर हुन्छन् ।
कालिकोटकै चार जना युवाहरू जेन जी आन्दोलनका क्रममा घाइते भएका छन् । देशको राजधानीमा अध्ययन गर्न बसालेका नाबालक नानीबाबुहरुको जेन जी आन्दोलनका क्रममा घाइते भइ अस्पतालको बेडमा उपचार भइरहेको खवर सुन्दा भावविहल आफन्तमा आक्रोसको ज्वारभाटा दन्किन्छ तर संयमित हुदै कालिकोटका युवाहरूले जेन जीआन्दोलन सुरू गरे ।दशैंको मुखमा जेनजीआन्दोलनले घाइतेको घरपरिवारमा सनाटा छाएको छ । कति अहिले पनि राजधानीका बिभिन्न अस्पतालमा उपचारार्थ छन्। घाइते चारै जनालाई कसैलाई तीन कसैलाई चारसम्म गोली लागेको खबर छ ।
खाडाँचक्र नगरपालिका मान्म बजार निवासी नेपाल भलिबल संघका पुर्व केन्द्रिय सदस्य समेत रहेका ऐन ब शाहीका कान्छा छोरा पवन कुमार शाही गम्भिर घाइते छन्। उनको पेट , कम्मर र हात पाखुरामा गोली लागेको छ । उनको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनलाई आईसियुमा उपचार पछि अहिले पनि उनको अप्रेसन हुन नसकेको र अवस्था सुधार हुदै गइरहेको पारिवारिक श्रोतले बताएको छ । उनि २३ गतेको बानेश्वर स्थित संसदभवन अगाडिको प्रदर्शनका क्रममा घाइते भएका थिए । फुटबल खेलाडी समेत रहेका शाही नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन टोली ललितपुर सिटी एफसीटोलीका सदस्य समेत हुन् । पवन शाहीलाई आन्दोलनको पहिलो दिन भदौ २३ गते बानेश्वरमा गोली लागेको हो। उनको हप्ता दिन सम्म पनि कति बेला होसमा आउने कतिबेला जटिल हुने भइरहेको घाइतेका बुवा ऐन बहादुर शाहीले बताउनु भयो ।
त्यस्तै कालकोट तिलागुफा नगरपालिका वडा ५ भिग्मका धनराज बुढा पनि जेनजी आन्दोलनमा घाइते भएका छन् ।उनी पनि उपचारको क्रममा अस्पतालमै रहेका छन्। स्वर्गीय दान बहादुर बुढाका २३वर्षक छोरा बुढा कक्षा १२ को अध्ययन सकेर कोरियन भाषा शिक्षा अध्ययन गरिरहेका थिए। आन्दोलनमा बुढा घाइते भए पछि उनका सबै सपना चकानाचुर भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
कालिकोटकै घाइते हुने अर्का ब्यक्ति खाडाचक्र नगरपालिका वडा नं ५ ढाडगाउँका वर्ष २३ का रमेश चौलागाई रहेका छन । बाबु मणिलाल चौलागाई , आमा कर्मा चौलागाई दुई छोरा मध्यका जेठो छोरा रमेश विदेश जान भनेर बावुआमाले काठमाण्डौं पठाएका थिए । घाइते चौलागाईलाई २३ गते बानेश्वर स्थित संसद भवन अगाडि पाखुरा र पेटमा गोली लाग्यो । उनकोकाठमाण्डौं मेडिकल कलेजमा उपचार भइरहेको पारिवारिक श्रोतले बताएको छ । घाइतको हाल सम्म पनि अस्पतालमै उपचार भइरहेको घाइते चौलागाईका आफन्त तथा सो वडाका वडा सदस्य ,खाडाचक्र नगरपालिका न्यायिक समितका सदस्य बिनोद चौलागाईले बताउनु भयो ।
त्यस्तै जेनजी आन्दोलनमा गोली लागि घाइते भएका अर्का ब्यक्ति शुभकालिका गाउँपालिका वडा नं ६ का अन्दाजी वर्ष २१ का धर्बेन्द्र शाही रहेका छन्। चन्द्र सुर्य मावि हाउडिका राहत शिक्षक सुर्य ब शाहीका छोरा धर्बेन्द्र ब शाही सिए अध्ययन गर्न भनेर काठमाण्डौं गएका थिए । २३ गतेको जेन जी आन्दोलनमा परेर गोली लागि घाइते भएका हुन्। उनी आफ्नो अध्ययन गर्ने कलेज इलाइटबाट डेरातिर हिड्दै थिए ।उनी आन्दोलनकारी पनि होईनन् । स्कुल पोशाकमा घर जान लागेका शाही आन्दोलनकारीलाई चलाएको गोली लागि गम्भिर घाइते भए । सातौं दिनसम्म पनि उन आइसियुमै उपचार्थ छन्। सिभिल हस्पिटलमा उपचार्थ शाहीको पेटमा र कोखामा १ ,१ गोली लागेको उनको पारिवारिक श्रोतले जनाएको छ । सिभिल हस्पिटलमा शनिबर मात्र अप्रेशन गरीएको भए पनि उनको अवस्था सामान्य नबनेको शुभकालिका वडा नं ६ का वडा अध्यक्ष दिप ब शाही दर्शनले बताउनु भयो ।