रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

ट्रकको ठक्करवाट ज्यान गुमाएका कालिकोटका १८ बर्षीय एडमन शाहीका आफन्तद्वारा कर्णालि राजमार्गमा चक्काजाम

      ८ गते कर्णालि राजमार्गको दैलेख सडक खण्डको रामागाड नजिक ट्रकको ठक्करवाट ज्यान गुमाएका मोटरसाईकलमा सवार कालिकोट खाडाचक्र ११ बदालकोटका एडमन शाहीका आफन्तले कर्णालि राजमार्गमा चक्काजाम गरेका छन।  उनलाई पछाडीवाट आएको ट्रकले  ठक्कर दिएर मोटरसाईकलमा पछाडी सवार रहेका एडमिन शाहीको ज्यान गएको थियो । दुई दिन बितिसक्दा पनि ट्रक मालिक  प्रहरीसम्पर्कमा नआएको र उनको ज्यान लिने चालक बिरूद्व मुद्वा दर्ता नभएको भन्दै आक्रोसित आफन्तले कर्णालि राजमार्गको कालिकोट स्थित नया बसपार्क , सुर्खेत एरिचोक र कर्णालि करिडोरको रेगिलमा चक्काजाम गरीएको हो ।

    कालिकोट आउदै गरेको बेला दैलेख रामागाड नजिक र्णाली  प्रदेश 02001 0275 को ट्रकले  पछाडीवाट ठक्कर दिएको बताईएको छ । दुर्घटना नभई डाईबरले हत्या  गरेको भन्दै आफन्तले गाडि साहु  चालकलाई सजाय हुनु पर्ने  माग गरेका छन ।

 बुधबार दिउसो दैलेख जिल्ला को रामघाट पुल नजिक मोटरसाइकलमा सवार कालिकोटमा रहेको एस क्लब का  खेलाडीएडमन शाही लाई  ट्रकले ठक्कर दिई मृत्यु भएको अहिले सम्म सम्बन्धित निकायले चासो नदेखाएकाले मृतक एडमनशाहिको  न्यायको लागि आन्दोलन  गर्नु परेको उनका आफन्तले बताएका छन ।

अपरान्ह ४ बजे देखि ५ बजे सम्म चक्काजाम भएको र प्रदेश प्रहरीसंगको समन्वयमा ट्रक मालिकले टेलिफोन सम्पर्कमा ल्याईए पछि चक्काजाम  खुलेको  कालिकोट प्रहरीले बताएको छ ।

ट्रक चालकलाई बुधबारनै पाल्ताडा  दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !