कालिकोट / नवनिर्मित पालिका प्रशासनिक भवनको उद्घाटन गर्न कालिकोटको सान्नित्रिवेणी पुगेका नेकपा एमालेका नेता कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कँडेलले दलबिहन ब्यवस्था बिस्वमा कहि नहुने भन्दै जेनजी माग पनि दलिय ब्यवस्था सहितको लोकतन्त्रमा मात्रै पुरा हुने बताएका छन । कालिकोटका सुरक्षा प्रमुख सहित कडा सुरक्षा ब्यवस्थाका साथ सान्नित्रिवेणी पुगेका मुख्यमन्त्री कँडेलले सुरक्षाप्रमुख तर्फ इगित गर्दै वर्तमान गृहमन्त्रीले अपराधीको संरक्षण गर्ने गरी परिपत्र गरिरहेकाले सचेत रहन आग्रह गरेका छन । उनले त्यसमा सहमत हुन नसकिने बताएका छन्। पालिका भवन उद्घाटन गर्न पुगेका एमलाल कँडेलले भवन उद्घाटन समारोहमा भदौ २३र २४ को जेनजी आन्दोलन परिवर्तनको आन्दोलन नभई ध्वङसात्मक गतिबिधि भएको उल्लेख गर्दै आफनो बढी समय जेनजी आलोचनामै खर्चेका छन । बर्तमान संघिय सरकार कानुनबाहीर वाट बनेको सरकार भन्दै देशको बढ्दो असुरक्षाको जिम्मा पाएको गृह प्रशासन कानुन अनुसार चल्नु पर्ने मुख्यमन्त्री कँडेलले सुझाव दिएका छन ।
मुख्यमन्त्री कँडेलले पालिका भवन उद्घाटनमा ल्याउने बिषयमा बिरोध जनाए पछि तरङगित बिषयमा समेत उनले सम्बोधनका क्रममा बिकास ,शुसासन र समबृद्वी सबैको चाहना भए पनि साधानस्रोत समितितता हेर्दै अघि बढ्ने बताए । आईतवार नै केही जेनजी शमुहका युवाहरूले मुख्यमन्त्रीको उपस्थितिमा तामझामका साथ पालिका भवन उद्घाटन गर्ने कुरा गलत भएको भन्दै ज्ञापन पत्र बुझाएकाले आयोजक र प्रशासनिक निकायको पहलमा जेनजी युवा शुनिल शाहीले ज्ञापन पत्र बुझाउदै कार्यक्रममा समय लिएर ध्यानकेन्द्रित गराए । उनले बन्द रहेको पालिका अस्पताल र शिक्षा ,स्वास्थ्य र सडक पुर्वाधारको बिकास हुन नसकेकोमा ध्यान केन्द्रित गराए । कार्यक्रममा जेनजीको चेतावनीपुर्ण अभिब्यक्ति प्रति मुख्यमन्त्री कँडेलले धम्किले देश नचल्ने र नडराउने बताए । बन्दुकको धम्किले नडराएको भन्दै अहिले नडराउने बताए ।
मुख्यमन्त्री कँडेलले गृह मन्त्रीले प्रतिशोधको राजनीति गरेको र अपराधीको पक्षमा उभिएकाले सुरक्षा निकायलाइ सान्तिसुरक्षा कायम गर्न कठिन भएको बताए । ‘
योजना माग्ने परिपार्टी फेरेकाले पालिकाले बुझाएको मागपत्रमा उनले यता फाईल आफुलाई बुझाए पनि मंसिरभित्र बिषयगत कार्यालय मार्फत योजना सिफारीस गरि पठाउन सुझाव दिएका छन ।
१५ दिन अगाडी पालिका अध्यक्षले निमन्त्रणा गरेर आफुलाई भवन उद्घाटनमा आउन भने पछिआफु कालिकोट आएको र बिचवाटोमा पुगे पछी जेनजीको मागको समाचारले तरङगित बनाएको बताए ।










