कालिकोट जिल्लाको नरहरीनाथ १ कोटवाडा र सान्नित्रिवेणी गाउँपालिका १ लुसा क्षेत्रमा पर्ने अधेरीखोलामा एक महिलाको भिरमा लडेर दुःखद निधन भएको छ। नन्दादेवी माध्यमिक विद्यालय, कोटवाडाका लेखापाल धिरबहादुर कठायतकी श्रीमती वर्ष ३१ की अप्सरा रोकाया ( कठाएत) को लडेर निधन भएको छ ।
प्राप्त जानकारीअनुसार रकु लुसा र कोटवाडाको सिमाना पर्ने अँधेरी खोलामा लुसामा आफन्त भेटर फर्किने क्रममा उनी भिरमा घास काट्न गएकी थिईन् । अचानक लडेर गम्भिर घाइते भएकी उनको केहीसमयमै दुःखद निधन भएको आफन्तहरूले बताइएका छन ।










