रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

शुभकालिका ४ मा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, एक बेपत्ता, प्रमुख जिल्ला अधिकारी सहित शुरक्षा टोलि घटनास्थलमा

कालिकोट । — शुभकालिका गाउँपालिका–४ स्थित सेरीपान्तडी सडक खण्डमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा कम्तीमा तिन  जनाको मृत्यु भएको छ। १ जना बेपत्ता छन । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको  र मृतकको सनाखत हुन बाकी रहेको घटनास्थलमा रहनु भएका कालिकोट प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिनु भयो ।

स्थानीय बिरेन्द्र चौलागाईका अनुसार साँझ करिब ७ः१५ बजे शुभकालिका–४ स्थित चौलागाई बाडा नजिकबाट बोलेरो जीप तिला नदीमा खसेको थियो। दुर्घटनामा परेको बोलेरो सडक निर्माण गरिरहेको ठेकेदार कम्पनीको रहेको बताइएको छ।

चौलागाईका अनुसार बोलेरोमा चालकसहित चार जना सवार थिए। घटनास्थलबाट तीन जनाको शव भेटिएको र एक जना अझै बेपत्ता रहेको जानकारी उनले दिएका छन्। जीप सिधै तिला नदीमा खसेकाले एक जना गाडीभित्रै नदीमा डुबेको हुन सक्ने अनुमान गरिएको छ। मृतकको सनाखत हुन बाकि रहेको बताईएको छ ।

प्रजिअ सुयल सहित जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्री  प्रहरी टोली लिएर घटनास्थल  पुगेको  बुझिएको छ। अहिले स्थानीयवासी र प्रहरीको टोली उद्धारमा जुटेका छन  तर  तिन जनाको मृत्यु भईसकेको र १ जना हराईरहेको बताईएको छ ।

दुर्घटनाको कारण, मृतकको पहिचान तथा थप विवरण भने आउन बाँकी रहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !