स्थानीय तहहरूमा अनियमितता, नियमविपरीत खर्च तथा असुलउपर गर्न बाँकी बेरुजुको मात्रा बढ्दै गएको अवस्थामा कालिकोटको सान्नित्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा शून्य बेरुजु कायम गर्न सफल भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बढुवालको नेतृत्वमा शुसासनमा कडाइ गरेका कारण यो उपलब्धि सम्भव भएको हो गाउँपालिकाका प्रबक्ता तथा वडा नं ३ का अध्यक्ष रंगलाल दबकोटाले बताए । प्रमुख प्रशासकिय अधिकृत बढुवालले कार्यभार सम्हालेपछि पुराना बेरुजुहरू समपरीक्षण गर्ने, नियमविपरीत खर्चको असुलउपर गर्ने तथा आगामी दिनमा नयाँ बेरुजु थप हुन नदिने गरी कडाइका साथ काम गरिएकोले गएको आवमा कुनै पनि असुल उपर गर्नु पर्ने बेरूजु नरहेको बताए ।
स्थानीय तहमा बेरुजुको भोलुम घटाउनु चुनौतीपूर्ण थियो, तर पारदर्शिता, वित्तीय अनुशासन र कानुनी प्रक्रिया पालना गर्दा सम्भव रहेछ भन्ने उदाहरण बन्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत बढुवालको भनाई छ । चालु आर्थिक वर्षमा शून्य बेरुजु कायम गर्ने लक्ष्यसहित काम गरेका कारण सफल भएका छौं अधिकृत बढुवालले बताए ।
उनका अनुसार पछिल्लो समयमा सरकारले पनि अख्तियारप्राप्त व्यक्तिहरूलाई अनियमिता र बेरुजु फ्रच्योटमा कडाइ गर्न स्पष्ट निर्देशन दिएको छ। यही निर्देशनलाई आत्मसात गर्दै आफूले पदभार ग्रहण गरेदेखि नै प्रयास गरेर।सान्नित्रिवेणी गाउँपालिकाको बेरुजु शून्य बनाइएको उनले दाबी गरे।
महालेखा परिक्षकको प्रारम्भिक प्रतिबेदन अनुसार असुल उपर हुने बेरूजु सुन्यरहेको भन्दै गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले प्रशासन प्रमुख बढुवाललाइ धन्यवाद दिनु भयो । शिक्षा क्षेत्र ,स्वास्थ्य र कृषीमा सुन्य बेरूजु रहेकोबताए । । करार करमचारी र अनुदान शिक्षकको तलसुबिधाका हकमा अनियमित भनेर टिप्पणी मात्रै गरेको उनको भनाई छ ।
आगामी बर्ष देखी सुधार गर्दै जाने गाउँपालिकाले बताएको छ










