१८ माघ २०८२
सान्नित्रिवेणी गाउँपालिकाको लुइँयाटा–कालढुङ्गा हुँदै रकु जोड्ने सडक निर्माण कार्यको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहन केसी, उपाध्यक्ष पार्तवती सिह र प्रमुख प्रशासकीय अधिकृत प्रेम बढुवाल लगाएत सबै वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको समपुरक अनुदान ८० प्रतिशत र सान्नित्रिवेणी गाउँपालिकाको २० प्रतिशत सहभागितामा निर्र्माण हुने यो आयोजना अघि बढाउन शिलान्यास गरिएको हो । वडा नं १,२र ३ लाइ पालिका केन्द्रमा जोड्ने यो सडक आयोजनाको लागत स्वीकृत रकम रू ७ करोड १७ लाख (भ्याट बाहेक) निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बढुवालले जानकारी दिएका छन् ।
ठेक्का आह्वान पश्चात्त जगदम्बा अभियान र ईभाना जे.भि. ले रू ५ करोड ९८ लाख मा सम्झौता गरी निर्माण कार्य अघि बढाएको हो । शिलान्यास पछि उपाध्यक्ष पार्वती सिहले आजकै मितिबाट विष्फोटक पदार्थ प्रयोग सहितको कार्य सुरु गरि समयमा ट्रयाक खुलाउन निर्माण ब्यवसायीलाइ आग्रह गरिन ।
सिलान्यास कार्यक्रमपछि गाउँपालिका अध्यक्ष मोहन केसीले निर्माण कम्पनीलाई समयमै र गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न अनुरोध गरेका छन् ।
यो सडक निर्माण सम्पन्न भएपछि सान्नित्रिवेणी गाउँपालिकाका विभिन्न वडाहरूको यातायात पहुँच सहज हुने र स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यो सडक निर्माणसँगै सान्नित्रिवेणी गाउँपालिकाका सबै वडाहरू सडक सञ्जालमा जोडिने छन्। विशेषगरी वडा नं. ३ को लुइँयाटा हुँदै वडा नं. २ र वडा नं को लुसा सडकसन्जाल मार्फत पालिका केन्द्रसंग जोडिने छन ।

आफुले निर्वाचन ताका गरेका कामहरू मध्य सडकसन्जालमा सबै वडाहरूलाइ पालिका केन्द्र जोड्ने परतिबद्वता पुरा गर्न लागिएको सरकार प्रमुख केसिले बताए । सबै वडालाई केन्द्रसँग जोड्ने लक्ष्यअनुसार चरणबद्ध रूपमा सडक सञ्जाल विस्तार गरिरहेको उहाको भनाई छ। स्थानीयवासीहरूले सडक निर्माणलाई विकासको ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरेका छन्।










