रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

तडक ,भडक नगरी सभ्य र जिम्मेवार चुनावी प्रचारप्रसार अभियान सञ्चालन गरेर भोट माग्न कांग्रेस नेता उमेद्वारा बमको आग्रह

     कालिकोटनेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हर्ष बहादुर बमले मर्यादित, सभ्य जिम्मेवारढंगबाट चुनावी प्रचारप्रसार अभियान सञ्चालन गर्न निर्देशन दिनु भएको छ।

शुभकालिकामा एक चुनावीसभामा  गा आयोजना गरेको कार्यक्रममा बोल्दै उम्मेदवार बमले चुनावी  गतिविधि समाजले थेग्न सक्ने सीमा भित्र रहेर सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले प्रचारका क्रममा कसैकोव्यक्तिगत जीवनमा आँच नआउने, अनावश्यक आरोपप्रत्यारोप नगर्ने सामाजिक सद्भाव कायम राख्ने कुरामा विशेष ध्यानदिनुपर्ने स्पष्ट पार्नुभयो।

उहाँले आफ्ना कार्यकर्ता तथा समर्थकहरूलाई सब्य, सुशील भव्य रूपमा अभियानमा लाग्न निर्देशन दिँदै अनुशासन शिष्टतालाई अभियानको आधार बनाउन आग्रह गर्नुभयो। राजनीति प्रतिस्पर्धा भए पनि समाज स्थायी हुने उल्लेख गर्दै विभाजन नकारात्मक भाष्यबाट टाढा रहन सबैलाई सचेत गराउनुभयो।

हर्ष बमले जनतासामु प्रस्तुत गरिएका प्रतिबद्धता व्यवहारिक, यथार्थपरक कार्यान्वयनयोग्य हुने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दैवाचा होइन, परिणाममुखी राजनीतिआफ्नो मूल लक्ष्यभएको उल्लेख गर्नुभयो।

मर्यादित अभिव्यक्ति, सकारात्मक दृष्टिकोण जिम्मेवार निर्देशनसहित अघि बढेको उहाँको चुनावी अभियानले कालिकोटकोराजनीतिक वातावरणमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय बासिन्दाहरूले प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !