रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

आई.एन.एफ. नेपालको आर्थिक सहयोगमा पचालझरना गाउँपालिकामा केतुकी , अल्लो र भाँगो प्रशोधनसम्बन्धी २५ दिने शिपमुलक तालिम

    आई.एन.एफ. नेपालको आर्थिक सहयोग तथा पचालझरना गाउँपालिकाको उद्योग विकास शाखाको प्रभावकारी समन्वयमाकेतुकी, अल्लो भाँगो प्रशोधनसम्बन्धी २५ दिने सीपमूलक तालिम पचालझरना गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको ग्रामीण क्षेत्रमा लुकेर रहेका प्राकृतिक स्रोतलाई उत्पादनशील बनाउने लक्ष्यसहित सञ्चालन गरिएको यो तालिमलाईस्थानीय विकासतर्फको एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको

तालिममा स्थानीय स्वावलम्बन समूहका जना महिला जना पुरुष गरी जना उत्साही सहभागीहरूको सहभागिता रहेकोथियो सहभागीहरूले केतुकी, अल्लो भांगो जस्ता वषीदेखि खेर गइरहेका कच्चा पदार्थको प्रशोधन गरी रेशा निकाल्ने, धागो उत्पादन गर्ने तथा त्यसवाट डोरी, डोरम्याट, खादा झोला लगायत आकर्षक तथा बजारयोग्य सामग्री निर्माण गर्नेव्यावहारिक सीप हासिल गरेका छन

स्थानीय उत्पादनको प्रवद्धन, रोजगारी सिर्जना आयआर्जन वृद्धि गर्ने दीर्घकालीन उद्देश्यसहित सञ्चालन गरिएको यसकार्यक्रमलाई दिगोरूपमा निरन्तरता दिन आई.एन.एफ नेपालले करिब १८ लाख रुपैयाँ बराबरका अत्याधुनिक कच्चा पदार्थप्रशोधन मेसिनहरू सहयोग गरेको यसैगरी पचालझरना गाउँपालिकाले उद्योग सञ्चालनका लागि करिब १० लाखरुपैयाँको लागतमा भवन निर्माण कार्य अगाडि बढाइरहेको , जसले स्थानीय स्तरमै साना उद्योग स्थापना गर्ने मार्ग प्रशस्तगरेको

कार्यक्रमको समन्वयकारी भूमिकामा स्थानीय स्वावलम्बन समूह सक्रिय रूपमा संलग्न रहेको थियो यस तालिमलेपचालझरना गाउँपालिकामा आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्थानीय स्रोतको अधिकतम उपयोग तथा ग्रामीण समुदायकोजीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुयाउने अपेक्षा गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !