रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

मालकोटमा माओवादी नामको बर्को ओढेर आउनेहरूलाई जनताले अस्वीकार गरिसकेका छन् : तुलराज बिक

कालिकोट । रास्कोट नगरपालिकामा आयोजित नेपाली कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चाको नगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेकपा नेता तुलराज बिक (दैलेख) ले मालकोटी जनताको इतिहासलाई आफ्नो व्यक्तिगत बिर्ता ठान्ने अहंकारीहरूसँग जनताले दुई पटक चुनावमै पराजित गरिसकेको बताएका छन्।

नेता बिकले भनेका छन मालकोटको जनताको संघर्षको इतिहासलाई आफ्नो बिर्ता ठान्ने अहंकारीहरूलाई जनताले दुई–दुई पटक मतपेटिकामै पराजित गरिसकेका छन्। अब प्रचण्डको विकल्प खोज्दै माओवादी नामको बर्को ओढेर चुनाव चिन्ह गुलाप लिएर आउनेहरूलाई पनि माल्कोटी जनताले देखाइदिने दिन फागुन २१ आउने बताए ।

उनले माओवादी नामको आड लिएर भ्रम छर्ने र सत्ता स्वार्थमा पार्टी र जात रंग बदल्ने प्रवृत्तिको कडा आलोचना गर्दै भने मालकोट अब चेतनशील छ ,दलितको नाममा राजनितिक नगर्न चुनौति दिने बताए । जनताको बलिदानको इतिहासलाई व्यापार बनाउनेहरूलाई यहाँ कुनै स्थान नदिने बताए ।

भेलामा उनले मालकोट क्षेत्रबाट राष्ट्रियसभा सदस्य विष्णु बिकको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ता तथा जनसमुदाय नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भइसकेको दाबी गर्दै स्थानियतह निर्वाचनमा बहिस्कार गरौ भन्दा पनि निर्वाचन भएर छाड्यो, ७९ मा  निर्वाचन हराईयो अहिले आफै हारेर टुंगिने काम नगर्न चुनौति दिए ।

कार्यक्रममा दलित अधिकार, सामाजिक न्याय, समावेशी लोकतन्त्र र जनजीविकासँग जोडिएका मुद्दाहरूमा पार्टीले संघर्ष जारी राख्ने प्रतिबद्धता गर्दै महेन्द्र ब शाहीलाई चतदान गर्न आग्रह गर्दै प्रचण्डको नेतृत्वमा फर्के नेता मान्ने अन्यथा नमान्ने दाबि गरका छन ।

भेलामा स्थानीय अगुवा, जनप्रतिनिधि, युवा तथा दलित समुदायका उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !