कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका स्थित कर्णाली राजमार्गअन्तर्गत पर्ने सेरिघाट स्ट्रिट ट्रस पुलमा प्रयोग गरिएको फलाम पार्ट चोरी हुन थालेका छन छन ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार पुलमा रहेका सपोर्ट एङगल चोरी भएको बताएको छ । गए राति अज्ञातसमुहले फलामका दर्जनौ पट्टा चोरी भएको बताएको छ सार्वजनिक संरचनामा क्षति पुर्याउने यस्ता अनाधिकृत गतिविधि अत्यन्तै गम्भीर अपराध भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको संरचनात्मक सुरक्षामा प्रत्यक्ष असर पार्ने गरी गरिएको यो कार्यले यात्रुहरूको ज्यानसमेत जोखिममा पार्न सक्ने भन्दै कार्यालयले गम्भीर चिन्ता व्यक्त गरेको छ।
महंगोमा बिक्रिहुने फलामको पट्टा नट खोलेर लगेको भेटिएको छ । कार्यालयले यस्तो किसिमका गैरकानुनी गतिविधि नगर्न तथा नगराउन सम्पूर्ण नागरिक, स्थानीय बासिन्दा र सरोकारवालाहरूलाई आग्रह गरेको छ। साथै, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको स्मरण गराइएको छ।
सडक डिभिजन जुम्लाले चोरीमा संलग्न व्यक्तिहरूको तीव्र खोजी कार्य भइरहेको र छिट्टै कानुनी दायरामा ल्याइने जानकारी समेत दिएको छ।










