रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सान्नित्रिवेणी ८ मुम्रामा ऊन पेल्ने मेसिनमा कपाल अड्किँदा २२ वर्षीया महिलाको मृत्यु

कालिकोट, सान्नित्रिवेणी गाउँपालिका ८ मुम्रामाभेडाको ऊन पेल्ने क्रममा मेसिनमा कपाल अड्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा सान्नित्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्राकी २२ बर्षीया मनिसा केसी बुढा  रहेको खुलेको छ। बसन्त बुढाकी श्रीमती केसीको मृत्यु भएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताए ।

उहाँका अनुसार आज दिउँसो भेडाको ऊन लिएर छिमेकी निल केसीको मिलमा ऊन पेल्न गएकी मनिसाको कपाल  अथवा  रौ   ऊन पेल्ने मेसिनभित्र च्यापीदा टाउकोसमेत मेसिनले च्यापे पछि गम्भीर चोट लागेर घटनास्थलमै ज्यान गएको हो।

घटनापछि उनको शव पोष्टमार्टमका लागि रास्कोट नगर अस्पताल गौतु पुर्‍याइएको छ। मृतक मनिसाका  एक छ बर्ष र अर्को ३ वर्षका दुई छोरा रहेका छन्।

अचानक भएको यो घटनाले गाउँभरि शोकमग्न भएको छ । घटना पछी मुम्रा प्रहरी चौकीवाट प्रहरी घटना स्थल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !