रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटमा माले र नेकपा बिच समझदारी: प्रत्यक्षतर्फ महेन्द्र बहादुर शाहीलाई तारामा मतदान गर्ने

पुस्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र सिपि मैनालि नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (माले) का कालिकोट जिल्ला कमिटीबीच प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण समझदारी भएको छ।

आज बसेको संयुक्त बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्र बहादुर शाहीलाई समर्थन गर्ने सर्वसम्मत निर्णय गरेको हो। समझदारीअनुसार प्रत्यक्षतर्फ शाहीलाई ताराचिन्हमा मतदान गरिनेछ भने समानुपातिकतर्फ दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्हमा मतदान गर्ने सहमति भएको छ।

समझदारी पत्रमा नेकपा (माले) कालिकोट जिल्ला कमिटीका सचिव झुपेन्द्र रोकाया र नेपाली कम्युनिष्ट पार्टी कालिकोटका संयोजक डम्बर बहादुर शाहीले हस्ताक्षर गरेका छन्।

समाजदारी अनुसार

१) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्री महेन्द्र बहादुर शाहीलाई तारा चिन्हमा मतदान गर्ने ।

२) जनसरोकारका समसामयिक विषयहरूमा आगामी दिनहरूमा आपसी सहमति, सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने ।

३) समानुपातिकतर्फ आ–आफ्नो पार्टीको चुनाव चिन्ह अर्थात मालेको हसिया तारा र नेकपाको पाच कुने तारामै मतदान गर्ने  साजदारी भएको हो।

४) आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचनहरूमा सहकार्य र आपसी सहमतिका आधारमा अगाडि बढ्ने निर्णय।

दुवै पक्षले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा यी निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !