रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटमा हराएका किसोर पोदमारा जलबिधुत आयोजनाको ट्रवाईनको होम पाइपमा फसेको आशंका, खोजी जारी

कालिकोटको सान्नित्रिवेणी गाउँपालिका–७ पोदमरास्थित साना जलविद्युत् आयोजनाको पावरहाउसमा जडान गरिएको  (ट्रवाईन) मेसिनसँग जडित  होम पाइपमा एक युवक  फसेको आशंका गरिएको छ।

केही वर्षअघि कालिकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा जिल्लामा विद्युत् आपूर्ति गर्दै आएको पोदमरा साना जलविद्युत् आयोजनाको क्यानल नजिक २८ गते देखिएका रास्कोट नगरपालिका १ पाटेखेत निवासि कमल शाहीका १६ बर्षिय छोरा युवराज शाही  फसेको आशंकामा स्थानीयले प्रहरीलाई जानकारी गराए पछि उनको खोजिकार्य भईरहेको  छ ।

स्थानीयका अनुसार क्यानलको पाइपमा एक बालक फसेको हुन सक्ने आशंकामा घटनास्थलमा स्थानीयको भीड लागेको छ। फागुन २७ गते दिउँसो आयोजनाको क्यानल नजिक देखिएका रास्कोट नगरपालिका–१ का कमल शाहीका अन्दाजी  १६ वर्षीय छोरा युवराज शाही सोही दिनदेखि परिवारको सम्पर्क बिहिन भएका थिय ।

परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा उनी टरबाइनमा जडित पाइपमा फसेको हुन सक्ने आशंका गरिएको हो।

रास्कोट नगरपालिकाकी पूर्व उपमेयर मिमसरा बमका अनुसार युवराज हराएको दिन पावरहाउसभित्रबाट मानिस कराएको आवाज सुनेको स्थानीयले बताएका छन्। त्यतिबेला केहीले भुत लागेको भन्दै डराएका पनि थिएउनले भनिन्।

युवराजका बुवा कमल शाहीले भने फागुन २७ गते बेलुका देखि हराएका युवराजको आवाज आज बिहानसम्म पनि सुनिएको आफूले थाहा पाएको बताए। करिब ३ सय मिटर लामो होम पाइपभित्र उनी कहाँ अड्किएका छन् भन्ने अनुमान गर्न नसकिएकोले उद्धार कार्य जटिल बनेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पठाइएको जानकारी दिएका छन्।

अक्सिजन सहित उद्वारका लागी नेपाली सेना र शसस्त्र प्रहरी, नेपाल प्रहरी , नगर प्रहरी रास्कोट  घटनास्थलतर्फ गएको छ ।घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !