रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

ट्रकको ठक्करपछि महतारा गम्भीर, चालक र ट्रक मालिक खोजीमा प्रहरी

    नवलपरासीको दाउन्ने ओरालो नजिक मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा कालिकोटका एक युवक गम्भीर घाइते भएका छन्।

२०८२ फागुन २६ गते बेलुका करिब ११ बजे धुम्सिबास नजिक सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइकललाई UP २१ BT २७९१ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं. ७ निवासी महेन्द्र बहादुर महतारा गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। अस्पतालका अनुसार महताराको टाउकोमा गम्भीर चोट लागेकाले शल्यक्रिया (अप्रेसन) गरिएको छ र हाल उनलाई आइसियुमा राखेर उपचार भइरहेको जनाइएको छ।

मोटरसाइकल चालक रास्कोट नगरपालिका वडा नं. ६ का अम्मल कार्की भने सामान्य घाइते भएका छन्। उनको पनि चितवन मेडिकल कलेजमै उपचार भइरहेको बताइएको छ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा संलग्न ट्रक हाल पनि घटनास्थलमै रहेको बताइएको छ। ठक्कर दिएपछि ट्रक चालक भने फरार भएका थिए।

घाइतेका आफन्तका अनुसार दुर्घटना भएको तीन दिन बितिसक्दा पनि ट्रक चालक र गाडी मालिकलाई सम्पर्कमा ल्याउन नसक्नु प्रहरीको लापरवाही भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार मोटरसाइकललाई ठक्कर दिएपछि सडकको लेन बाहिर रहेको ट्रकलाई पछि सडकमा तानेर राखिएको समेत बताइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !