रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रजिअलाई ज्ञापन पत्र ।

कालीकोट ~ जेनजेड रेड फोर्स नेपाल कालीकोटले बालिका बलात्कारको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । एक १२ बर्षिय नाबालिकालाई बलात्कार गरी गर्भवती समेत बनाएको घटनामा संलग्न रास्कोट नगरपालिका वडा नं १ का ५५ बर्षिय बल बहादुर बिकलाई कडा कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको जेनजेड रेड फोर्स नेपाल कर्णाली प्रदेशकी संयोजक सिमा शाहीले जानकारी दिएकी छन् ।

बालिका बलात्कारमा संलग्न बिक नेपाली कम्यनिष्ट पार्टी (माओवादी) का नगर कमिटी सदस्य समेत रहेको खुलेको छ । ज्ञापन पत्रमा ललाई फकाई गरी बलात्कार गर्नु पूर्व रु ५०० रुपैयाँ दिएर कसैलाई नभन्ने सर्तमा उनलाई बलात्कार गरेको र बलात्कार गरिसकेपछि उनी गर्भवती भएको खबर पुष्टि भएको उल्लेख छ । यस खबरले पीडित बालिका लगाएत आम बालबालिकाहरूको दिमागमा निकै नकारात्मक असर परेको छ ।
नेपालमा दिनानुदीन हुने विभिन्न खालका हिंसाले अझै पनि महिला र बालबालि स्वतन्त्र र सुरक्षित हुन नसकेको प्रस्ट्याउँछ ।

यस्ता किसिमका जघन्य अपराधका घटनाले समाजलाई भए, त्रसित बनाउनुका साथै नकारात्मक सन्देश फैलाउने हुँदा यस्ता खालका गम्भीर अपराधमा संलग्न हुने जोसुकै व्यक्तिलाई पनि कानुन बमोजिम कडाभन्दा कडा कारबाही होस। अपराधी उम्किन नपाओस् । यसमा कुनै पनि खालको राजनीतिक चलखेल नहोस् । नाबालिका बलात्कारको मुद्दा मा हुने छानबिन, अनुसन्धान तथा कानुनी प्रक्रियामा कुनै पनि कसुर बाँकी नरहोस् विज्ञप्तीमा भनिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले घटनामा संलग्नलाई प्रक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको बताएका छन्

समचार का लागि खबर कर्णाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !