रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

नवनिर्वाचित सांसद शाहीसँग जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरू विच अन्तरक्रिया कार्यक्रम सम्पन्न।

कालिकोट ~ भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा कालीकोट जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मा. महेन्द्र बहादुर शाहीको उपस्थितिमा जनप्रतिनिधि तथा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लाको समग्र विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उदेश्य तथा स्थानीय तह र संघीय सरकारबीच समन्वयलाई कसरी थप सुदृढ बनाउने भन्ने विषयमा छलफल गरिएको छ ।

अन्तरक्रियाका क्रममा नवनिर्वाचित सांसद शाहीले जनताको अपेक्षाअनुसार विकास निर्माणका कामलाई अगाडि बढाउनुका साथै अधुरा र अपुरा कामकार्यलाई तिव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालासँग सहकार्य गरेर कालीकोटको समृद्धिका लागि काम गर्ने बताएका छन् । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूले जिल्लामा देखिएका समस्या, चुनौती र सम्भावनाका विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
समचारका लागि : टिकाराज उपाध्याय(आफन्त) कालिकोट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !