रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

बाल विवाह न्युनिकरणका लागी सान्नित्रिवेणी १ र २ मा सचेतनामुलक अन्तरक्रिया

सान्नित्रिवेणी गाउपालिका वडा नं १ र २ का बिद्यार्थी , अबिभावकको सहभागितामा बालबिवाह न्युनिकरणका लागी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बालविवाह न्युनिकरणमा अभिभावक र शिक्षक बिद्यार्थीको मुख्य भूमिका रहेको ठहर गर्दै सामाजिक बिकास कार्यालय कालिकोटको आयोजनामा बालबिवाह न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । शान्नित्रिवेणी गाउपालिकाको वडा नं १ मा रहेको शंकर माध्यामिक बिद्यालयको सहभाहलमा सम्पन्न भएको हो । बिद्यार्थी ,अबिभावक तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर समाजलाई जनचेतना जगाउने उधेश्यका लागी कार्यक्रम आयोजना गरेको जनाइएको छ । आयोजीत बालविवाह न्यूनीकरणको लागि सचेतना कार्यक्रममा शंकर माबिका प्रधानाध्यापक मिना कार्कीले अभिभावकलाई सम्झाउन तथा जनचेतना जगाउन शिक्षक तथा विद्यार्थीहरूको आवश्यकता अपरिहार्य भएको तर्क गर्दै बिद्यालय सेवा क्षेत्रमा बालबिवाह ब्याप्त रहेको बताएका छन कार्यक्रमा सहभागी मष्टो सरस्वति माबि बुठ्ठिकेमा रहेको बाल क्लवका अध्यक्ष राजन बुढा र शंकर माबिमा रहेको बाल क्लवका अध्यक्ष सर्जन बटालाले कार्यक्रममा बालविवाह बढ्नुको कारण सामाजिक सन्जालको प्रयोग र न्युन आए श्रोत भएका परिवार र अबिभावकको कारण हुने गरेको बताए । न्युनिकरणमा अभिभावकको मुख्य भूमिका भएको तथा अभिभावकसँग नजिक शिक्षक र विद्यार्थी भएकोले उनीहरूलाई प्रशिक्षण दिएर जनचेतना जगाउने कार्यमा लगाउनु पर्ने बताउनु भयो । प्रशिक्षणपश्चात् शिक्षक तथा विद्यार्थीहरूले पठनपाठनका अलवा फुर्सदको समयमा बालविवाह न्यूनीकरणको लागि जनचेतना जगाउने कार्य गरिने बताए ।
कार्यक्रममा मष्टो सरस्वति माबि बुठिकेका सहायक प्रधानाध्यापक टेक ब बुढाले सामाजिक कुस्सकारसंग जोडिएको बालबिवाह न्युनिकरणमा बिद्यालय र अबिभावकको भुमिका बढी हुने बताए ।
कार्यक्रममा अबिभावकहरूका तर्फवाट शंकर माध्यामिक बिद्यालयका बिब्यस अध्यक्ष गंङ् सार्कीले स्थानीय सरकारको आगमनसँगै शिक्षाक्षेत्रमा सुधारका साथसाथै बालविवाह तथा बाल हिंसामा कमी आएको भन्दै अजै अपेक्षित नतिजा हासिल हुन नसकेको बताए । कार्यक्रममा सहजकर्ता जिल्ला बारका पुर्व अध्यक्ष अधिबक्ता दमन बमले २० वर्ष पुगेपछि मात्रै बिहेवारी गर्ने परम्परा बसाल्न सबै पक्षको भूमिका अपरिहार्य रहेको बताउनुहुँदै समाजको सबै तह-तप्कासँग नजिक बालबालिका तथा शिक्षकहरू रहेकोले उहाँको भूमिका अझ सशक्त रूपमा हुने बताए ।
सामाजिक बिकास कार्यालयको सहयोगमा र शंकर माध्यामिक बिद्यालयको समन्वयमा भएको कार्यक्रममा सहजिकरण गर्दै कार्यालय प्रमुख रछाने लोहारले समाजमा व्यापक रूपमा बालविवाह तथा बाल हिंसा भइरहेको बताउनुहुँदै उहाँले बालविवाह विरुद्ध अभिभावकहरूलाई जनचेतना जगाउन तथा सो विरुद्ध बालबालिकालाई सशक्त बनाउने उद्देश्यले प्रशिक्षण दिन लागिएको जानकारी दिए।
कार्यक्रममा रकु स्वास्थ्य चौकीका ईन्चार्ज दिर्ग नेपालिले बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत बालविवाहको नकारात्मक परिणाम, शिक्षाको महत्त्व, मनोसामाजिक परामर्श, बालविवाहका न्यूनीकरणबारे शिक्षक, विद्यार्थी, समुदायका सदस्यहरू, विवाह गराउने पुजारी तथा धार्मिक परम्परा प्रमुख कारण रहेको बताए ।
बालविवाह न्युनिकरण राष्ट्रिय रणनिति २०७२ , मुलुक अपराध सहिता २०७४ बालविवाह हिरुद्धको रणनीहत २०८० को प्राब्धानका बारेमा सहजकर्ता बमले सहजिकरण गरेका छन
नेपालको अन्तरीम संविधान २०६३; बालबालिका सम्बन्धी ऐन, २०४८ बाल अविकार सम्बन्धी महासन्धी १९८९; सहश्राब्दी विकास लक्ष्य र (२००१–२०१५) अनुसार भएका ब्यवस्थापनका सवालमा सहजिकरण गर्नु भयो ।
सामाजिक बिकास कार्यलयका प्रमुख रमेश लोहारको सभाअध्यक्षतामा र वडा नं २ का अध्यक्ष बसन्त बुढाको प्रमुख अतिथ्यथामा र वडा सदस्य धनबहादुर गिरीको , जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लक्ष्मिरूद्व धिताल , जिल्ला बारका पुर्व अध्यक्ष अधिबक्ता नागरिक अधिकारकर्मि दमनराज बम शंकर माबिका बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष गंग सार्की , स्वास्थ्य साखाका प्रतिनिधि दिर्घ नेपाली र सामाजिक बिकास कार्यालयका सव इन्जिनियर प्रकास ब शाही लगाएत ,मष्टो सरस्वति माबि बुठ्ठिकेका सहायक प्रअ टेक ब बुढा अबिभावक संघका अध्यक्ष बिर बहादुर गिरी ,अम्बिका देबि आधारभुत बिद्यालय लुसाका शिक्षक हजुरा कुमारी बुढा लगाएतका अतिथिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भयो । मष्टो सरस्वति माबि बुठ्ठिकेका, अम्बि्बि्बिका आधारभुत बिद्यालयर शंकर माबिका शिक्षक , बिद्यार्थि र अबिभावक गरी ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !