कालिकोटको पचालझरना गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय दायीत्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पचालझरना गाउँपालिका स्वास्थ्य साखाँ खोप समन्वय समितिले पुर्ण खोप पालिका घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति कालिकोटका प्रमुख तथा खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।
उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको भन्दै कार्यक्रममा पुर्णखोप बारे जानकारी दिदै पालिका स्वास्थ्यसाखा प्रमुख बिरेन्द्र सन्ज्यालले अभियानले निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । यो अभियानमा सहयोग पुर्याउने स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयमसेबिका र वडा स्थित स्वास्थ्यकेन्द्रहरूलाइ सम्मान गरिएको गाउपालिका स्वास्थ्यसाखा प्रमुख सन्ज्यालले बताउनु भयो ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख शाहीले पचालझरना गाउपालिका प्रमुख देबराज शाही र उपाध्यक्ष अल्किना बम लाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा पालिका अध्यक्ष देबराज शाहीको अध्यक्षयतामा खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सन्ज्यालले बताउनु भयो । उहाले राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।” गाउपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेटघाट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी गराईएको थियो ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय कालिकोटका कटक महतले जानकारी दिनुभयो ।
पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि पचालझरना गाउपालिकाका प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा ९० प्रतिशद खोप लगाएको भेटिएकाले पुर्ण खोप घोषणा गरिएको जानकारी दिनुभयो ।”सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएको उहाले बताउनु भयो ।
गाउपालिकाभर ०–१५ महिना २ सय २९ १६.५९ समूहका ४ सय ८४ गरी कुल , ७१३ जनाले खोप पाएको तथ्याङक रहेको छ ।त्यस मध्य बिगतमा खोप लगाउन छुटेका ५ जना बालबालिकालाई खोजी ,खोजी खोप लगाउन सफल भएको बताउनु भयो ।
कार्यक्रममा पचालझरना गाउँपालिका सामािजक बिकास समितिका संयोजक वडा नं ४ का अध्यक्ष अनरूप रोकायाले स्वास्थ्य अभियान जिवनसंग जोडियको बिषय भएकाले यसलाइ दिगोपना कायम गर्न जरूरी रहेको बताउनु भयो ।
कार्यक्रममा पत्रकार रत्न कार्कीले २१ ओै सताब्दीमा पनि नेपाल खुला दिसामुक्त घोषणा , पुर्ण सरसफाई , पुर्ण खोप घोषणा जस्ता सामाजिक अभियानमा छौ अब यसलाइ स्वतह जिवन ब्यवहार बनाउन जरूरी रहेको बताए ।
पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले पचालझरनामा आमा र बालबच्चाको मृत्युदर घटेको खोप अभियमनले हो भन्दै आगामि दिनमा नया नया स्वास्थ्य रणनिति तयार गरि लाग्ने बताउनु भयो।
कार्यक्रममा शुभकामना दिने जिल्ला खोपसमन्वय समितिका सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कटक महतले अभियानलाई सार्थक र परिणाममुखी बनाउन सबैको जिम्मेवारी रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुुख मिना रावत बिकले पचालझरनामा नागरिकले स्वास्थ्यसेवामा प्राप्त गरेको उपलब्धीलाइ निरन्तरता दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समितिका सभापति धनजित शाहीले स्थानिय सरकार जनताको नजिकको सरकार भएकाले भौतिक पुर्वाधार र सामाजिक बिकास संगसंगै लैजानु पर्ने बताउनु भयो ।
कार्यक्रम समापनका क्रममा बोल्दै घोषणा कार्यक्रमका अध्यक्ष देबराज शाहीले पालिका सबै भन्दाबढी स्वास्थ्य र शिक्षामा सम्बेदनशिल रहेको बताउनु भयो।










