रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट नगरपालिकामा मेयर छात्रवृत्ति कोष स्थापना , एमबीबीएस अध्ययनरत बराललाई पाँच लाख आर्थिक सहयोग

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थी जनकराज बराललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
रास्कोट नगरपालिका वडा नं. ८ का स्थायी बासिन्दा बराल भैरहवामा एमबीबीएस अध्ययनरत छन । बराललाई रास्कोट नगरपालिकाले पाँच लाख आर्थिक सहयोग गरेको हो । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस दोस्रो बर्षमा अध्ययनरत छन् । रास्कोट नगरपालिकाको १६ औं नगर अधिवेसनमा नगर प्रमुख शाहीले बराललाई चेक हस्तान्तरण गर्नु भयो ।
हस्तान्त्रण पछी मेयर शाहीले पहाडमा चिकित्सकीय सेवाका लागी डाक्टर ल्याउन कठिन हुने र आउन नमान्ने भएकाले रास्कोटकै डाक्टरमा लगानि गरे त आउलान भनेर लगानि गर्न लागिएको बताउनु भयो ।
नगर पालिकाले खठा गरेको मेयर छात्रबृतिकोष मार्फत नगरपालिकाले जेहेन्दार, गरिब, सहिद परिवारका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग गर्ने उधेश्य राखेको छ । मेयर छात्रवृत्ति कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।
नगरपालिकाको शिक्षा साखामा कार्यरत हरिचन्द बरालका छोरा बरालले छातत्रबृति पाएर अध्ययन गरे पछि उच्च शिक्षा अध्ययन गरे पछि चिकित्सकहरू पहाडमा सेवा गर्न नमान्ने परिपार्टी चिर्दै रास्कोटमा सेवा दिन आउने अपेक्षन गरिएको छ यो रकमले अध्ययनमा थप उर्जा मिलेको भन्दै बरालले नगरपालिका र नगर प्रमुखलाई धन्यवाद दिदैआफु डाक्टर बनेपछि रास्कोट नगरपालिकाले लगाएको गुन तिर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !