रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

डिजिटल बिद्यालय ब्यवस्थापन सम्बन्धि जानकारी , पंचदेव माबि मान्ममा लागु हुदै ,नगर प्रमुख शाहीद्वारा उद्घाटन

         विद्यालय शिक्षालाई गुणस्तरीयता एवं प्रभावकारीता ल्याउने  उद्देश्यले  सरकारले ल्याएको ‘नमुना विद्यालय’ कार्यक्रम अन्तरगत डिजिटल बिद्यालय ब्यवस्थापन कार्यक्रम प्रभाबकारी बन्दै गएको छ ।   सदरमुकामको   पंचदेव माध्यामिक  बिद्यालयमा पनि डिजिटल बिद्यालय ब्यवस्थापन लागु गरिएको छ ।बिद्यालयले चालू आर्थिक वर्षबाट डिजिटल बिद्यालय ब्यवस्थापन प्रणाली कार्यान्वयनमा  ल्याउन लागेको  बिद्यालयले जानकारी दिएको छ । बिदयालयमा आज आयोजित एक कार्यक्रममा सरोकारवालाको उपस्तिथिमा बिदयालयले डिजिटल बिद्यालय ब्यवस्थापन प्रणाली लागु गर्न लागिएको जानकारी गराईएको छ । सरकारको  नमूना विद्यालय कार्यक्रमको अन्तरगत डिजिटल शिक्षा र बिद्यालय ब्यवस्थापन कार्यक्रम लागु गरिएको छ ।खाडाचक्र नगरले यो  कार्यक्रम कार्यान्वयन गर्न लागेको  नगर प्रमुख कमल बहादुर शाहीले बताउनु भयो ।

यो कार्यक्रममार्फत पहिलो चरणमा पन्चदेव माबिमा लागु गरिएको र क्रमश सबै स्कुलमा लागु गरिने नगर प्रमुख शाहीले बताउनु भयो । विद्यालयको भौतिक पूर्वाधार निर्माण, अनुशासन , शिक्षक ,बिद्यार्थी नियमिता र कक्षा तथा बिद्यालय प्रशासनका सबै काम डिजिटल प्रबिधि अर्थात अनलाईन प्राणालीवाटै हुने  बताईएको  छ । साथै प्रविधिमैत्री शिक्षण सिकाईका लागि सुचना तथा सञ्चार प्रविधि प्रयोगशाला, शिक्षण सिकाई केन्द्रलगायत स्थापना गरिने बिद्यालयका प्रधानाध्यापक चन्द्र प्रकास कोईरालाले बताउनु भयो । खाडाचक्र नगरपालिकाले  सार्वजनिक शिक्षा सुधारअन्तर्गत सामुदायिक विद्यालयको प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन यो कार्यक्रम ल्याइएको वडा नं १ का वडा अधयक्ष  धर्मराज ताम्राकारले बताउनु भयो । युवा बैज्ञानिक बसन्त ब शाहीले डिजिटल बिद्यलय ब्यवस्थापन सम्बन्धि जानकारी दिनु भयो ।

यो कार्यक्रम अन्तरगत प्रविधि जडान गरे पछि बिद्यालय पर्शासनिक कामकाज , बिद्यार्थी शिक्षक हाजिरि , कक्षा मुल्याङकन देखि हरेक कामहरू डिजिटल डिस्प्ले बोर्डमार्फत हुने बताईएको छ ।,  बिद्यालय ब्यवस्थापन समितिका सदस्य लोकुल बहादुर शाहीको अध्यक्ष्यतामा भएको कार्यक्रममा डिजिटल सिकाइ सामग्री, शैक्षिक भिडियो, फिल्म, डकुमेन्ट्री, शिक्षण सिकाइसम्बन्धी सफ्टवेयर निर्माणका कामहरू पनि गर्न सकिने दक्ष जनशक्ति उत्पादन गर्ने सोचमा रहेको प्रधानाध्यापक कोईरलाले बताऊनु भयो । 

कार्यक्रममा कालिकोट कराते संघका अध्यक्ष शुमन शाहीले डिजिटल ब्यवस्थापनले बिद्यालयमा शुशासन कायम हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !