कालिकोट — राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लास्तरीय समीक्षा तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी आज कालिकोट सदरमुकाममा सम्पन्न भएको छ। स्वास्थ्य सेवा कार्यालय, कालिकोटको आयोजनामा दोश्रो ब्याचको तालिम गोष्ठि सञ्चालन गरिएको हो । गोष्ठी स्वास्थ्य सेवा कार्यालय, कालिकोटका व्यवस्थापक डा. रत्न वीर सुनारको अध्यक्षतामा पौस ६ र ७ गते दुई दिनसम्म सञ्चालन भएको थियो ।
गोष्ठीमा जिल्लाका रास्कोट नगरपालिका, पलाता गाउँपालिका तथा सान्नी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरू र स्वास्थ्य संस्था प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको हालसम्मको प्रगति समीक्षा, सेवा प्रवाहमा देखिएका चुनौती, आगामी कार्ययोजना तथा सुक्ष्म योजना अध्यावधिकका विषयमा विस्तृत छलफल गरिएको जिल्ला जनसवास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कट महतले बताउनु भयो।
गोष्ठीले जिल्लामा खोप सेवाको पहुँच, प्रभावकारिता र गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला अस्पतालका प्रमुख रत्न बिर सुनारले बताउनु भयो ।उहाले कार्यक्रमको सफल सञ्चालनमा भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सहजकर्ता तथा सहभागी सबैजनालाई आयोजकका तरफवाट धन्यवाद दिदै गोष्ठीसमापन गरिएको हो ।










