कालिकोटको ~ रास्कोट नगरपालिकामा खोज तथा उद्धार र प्रथमिक उपचार सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।
रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीको अध्यक्षता र रास्कोट नगरपालिका नगर उपप्रमुख मनिराज बरालको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । विद्यालयमा आइपर्ने विभिन्न किसिमका जोखिम र विपद आएको बेला खोज तथा उद्धार र प्राथमिक उपचार गर्न बनाउनका लागि रास्कोट नगरपालिकाका छनौट भएका १५ वटा विद्यालयका १५ जना खोज तथा उद्धार समिति संयोजक शिक्षकहरुको क्षमता विकास गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख मनिराज बरालले शिक्षकले शिक्षण गर्दा बालमनोविज्ञन बालबालिकाको बौदिक क्षमताको मापन गरेर मात्रै शिक्षण गर्नु पर्ने बताउनु भएको छ । कक्षाकोठामा विभिन्न प्राकृतिका समस्याहरुको पहिचान गरी कक्षा शिक्षण गर्नु पर्ने देखिन्छ । विभिन्न प्रकारका बालबालिकाको भविष्य उज्यालो बनाउने काम गर्छ ।
विद्यालयस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान, सिप तथा दक्षता अभिवृद्धि गर्ने प्राथमिक उपचारको अवधारणा, सिद्धान्त र प्रक्रियाबारे विस्तृत जानकारी गराइयो।
आकस्मिक अवस्थामा घाइते वा बिरामीलाई तत्काल सेवा प्रदान गर्ने तरिका, सुरक्षित अभ्यास र प्राथमिक उपचारका आधारभूत चरणहरूबारे, तालिममा खोज तथा उद्धारसम्बन्धी आधारभूत जानकारी पनि प्रदान गरिएको थियो।
विपद् तथा आकस्मिक अवस्थाहरूमा सुरक्षित रूपमा उद्धार कार्य कसरी गर्ने, आफैं सुरक्षित रहँदै अरूलाई सहयोग गर्ने सीप तथा , प्राथमिक उपचार गर्दा गर्न हुने तथा नहुने कुराहरूको स्पष्ट जानकारी दिइएको छ।
गलत अभ्यासबाट हुन सक्ने जोखिमबारे सचेत गराउँदै सही तरिकाले सेवा प्रदान गर्नुपर्ने कुरामा विशेष जोड दिइयो।कार्यक्रममा नगरपालिका शिक्षा अधिकृत खेमराज शाही, शिक्षा श्रोत व्याक्ति लक्ष्मी प्रसाद बराल र बालविकास संयोजक राजुकुमारी शाहीको सहभागिता र प्रेम बहादुर शाहीले प्रशिक्षण गर्नु भएको समाज जागरण केन्द्र स्याक नेपालका शिक्षा अधिकृत ध्रुब नाथ योगीले जानकारी दिनु भएको हो । यूनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र स्याक नेपालको सहजीकरण र रास्कोट नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा गुणस्त्तरिय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट कार्यन्वयनका लागि स्थानिय तहको क्षमता सवलीकरण कार्यक्रम अन्तर्गत खोज तथा उद्धार र प्राथमिक उचार सम्बन्धी २ दिने तालिम सम्पन्न भएको हो ।
तस्बिर:











