रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट नगरपालिकाले ईएफटीमार्फत शिक्षकको तलब सिधै व्यक्तिगत खातामा पठाउन थाल्यो

कालिकोटको रास्कोट नगरपालिकाले शिक्षकहरूको तलबसुविधा  ईएफटी प्रणालीमार्फत सिधै प्रत्येक शिक्षकको व्यक्तिगत बैंक खातामा मासिक रूपमा जम्मा गर्ने व्यवस्था मिलाएको छ।

यसअघि शिक्षकहरूको तलब विद्यालयको खातामा जाने र प्रधानाध्यापक तथा लेखापालले हरेक तीन महिनामा फाराम भर्ने समयमा मात्रै तलब उपलब्ध हुने भएकाले ढिलाइ र असुविधा हुने गुनासो आएको थियो। ती गुनासोलाई मध्यनजर गर्दै नगरपालिकाले अब ईएफटीमार्फत सिधै शिक्षकको खातामा तलब पठाउने व्यवस्था लागू गरेको हो।

रास्कोट नगरपालिकाका शिक्षा शाखा अधिकृत दलबहादुर जिसीका अनुसार सामाजिक सुरक्षा भत्ता लाभग्राहीको रकम पनि प्रत्यक्ष लाभग्राहीको खातामा जम्मा गरिँदै आएको छ। साथै ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई चेक साट्ने सेवा घरआँगनमै उपलब्ध गराउने व्यवस्था समेत नगरपालिकाले गरेको छ।

शिक्षकहरूका अनुसार मासिक रूपमा तलब सिधै खातामा आउन थालेपछि सञ्चयकोष, नागरिक लगानी कोष लगायतका संस्थाबाट प्राप्त हुने ब्याजदरमा समेत सकारात्मक प्रभाव पर्नेछ, जसले शिक्षकहरूको आर्थिक व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

रास्कोट नगरपालिकाको यो कदमलाई डिजिटल सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री पहलका रूपमा हेरिएको छ।

रास्कोट नगरपालिकाभित्र कार्यरत राहत, दरबन्दी तथा विद्यालय कर्मचारीसहित २६० जनाले अब मासिक तलब–सुविधा सीधै व्यक्तिगत बैंक खातामा ईएफटीमार्फत पाउन थालेका छन्।

नगरपालिकाका शिक्षा अधिकृत खेमराज शाहीका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि नै यो व्यवस्था लागू खोजेका थियौ  तर साउन भदौमा खाता विवरण अद्यावधिक प्रक्रियाका कारण केही प्राविधिक समस्या देखिए पनि पौस महिना देखी   नियमित रूपमा तलब सुविधा प्राप्त ईएफटी मार्फत भुक्तानि  हुँदै आएको उनले बताए।

ईएफटी प्रणाली लागू भएपछि शिक्षक तथा विद्यालयलाई प्रशासनिक झन्झट कम भएको छ भने तलब भुक्तानी प्रक्रिया पनि पारदर्शी र छिटो बनेको छ। नगरपालिकाले नै नागरिक लगानी कोष (बिमा), सञ्चय कोष र सामाजिक सुरक्षा कोषको रकम सम्बन्धित निकायमा सीधै नगर शाखाबाट जम्मा गर्ने व्यवस्था मिलाएको शिक्षा अधिकृत  खेमराज शाहीले जानकारी दिए।

यो व्यवस्थापछि रास्कोटका शिक्षक–कर्मचारीहरू उत्साहित देखिएका छन्। उनीहरूले समयमा नै तलब पाउने सुनिश्चितताले काममा थप सहजता आएको प्रतिक्रिया दिएका छन्।

नगर प्रमुख धर्मराज शाहीले रास्कोट नगरपालिका शिक्षक–कर्मचारीको तलब सुविधा सीधै व्यक्तिगत खातामा पठाउने पहिलो नगरपालिका भएको दाबी गर्दै यो प्रणालीले वित्तीय अनुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार ल्याएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !