रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सान्नित्रिवेणीका सबै वडा पालिका केन्द्रसँग सडक सञ्जालमा जोडिँदै, निर्वाचन प्रतिबद्धता पूरा गर्दै सरकार

१८ माघ २०८२

सान्नित्रिवेणी गाउँपालिकाको लुइँयाटा–कालढुङ्गा हुँदै रकु जोड्ने सडक निर्माण कार्यको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहन  केसी, उपाध्यक्ष पार्तवती सिह र प्रमुख प्रशासकीय अधिकृत प्रेम बढुवाल लगाएत सबै वडाका वडा अध्यक्षहरूको  उपस्थिति रहेको थियो।

आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको समपुरक अनुदान ८० प्रतिशत र सान्नित्रिवेणी गाउँपालिकाको २० प्रतिशत सहभागितामा निर्र्माण हुने यो आयोजना अघि बढाउन शिलान्यास गरिएको  हो । वडा नं १,२र ३ लाइ पालिका केन्द्रमा जोड्ने यो सडक आयोजनाको लागत स्वीकृत रकम रू ७ करोड १७ लाख (भ्याट बाहेक) निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बढुवालले जानकारी दिएका छन् ।

ठेक्का आह्वान पश्चात्त जगदम्बा अभियान  र ईभाना जे.भि. ले रू ५ करोड ९८ लाख मा सम्झौता गरी निर्माण कार्य अघि बढाएको हो । शिलान्यास पछि  उपाध्यक्ष पार्वती सिहले आजकै मितिबाट विष्फोटक पदार्थ प्रयोग सहितको कार्य सुरु गरि समयमा  ट्रयाक खुलाउन निर्माण ब्यवसायीलाइ  आग्रह गरिन 

सिलान्यास कार्यक्रमपछि गाउँपालिका अध्यक्ष मोहन केसीले निर्माण कम्पनीलाई समयमै र गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न अनुरोध गरेका छन् ।

यो सडक निर्माण सम्पन्न भएपछि सान्नित्रिवेणी गाउँपालिकाका विभिन्न वडाहरूको यातायात पहुँच सहज हुने र स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यो सडक निर्माणसँगै सान्नित्रिवेणी गाउँपालिकाका सबै वडाहरू सडक सञ्जालमा जोडिने छन्। विशेषगरी वडा नं. ३ को लुइँयाटा हुँदै वडा नं. २ र वडा नं को लुसा सडकसन्जाल मार्फत पालिका केन्द्रसंग  जोडिने छन ।

आफुले निर्वाचन ताका गरेका कामहरू मध्य सडकसन्जालमा सबै वडाहरूलाइ पालिका केन्द्र जोड्ने परतिबद्वता पुरा गर्न लागिएको सरकार प्रमुख केसिले बताए । सबै वडालाई केन्द्रसँग जोड्ने लक्ष्यअनुसार चरणबद्ध रूपमा सडक सञ्जाल विस्तार गरिरहेको उहाको भनाई  छ। स्थानीयवासीहरूले सडक निर्माणलाई विकासको ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !