कालिकोट
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा नेपालि कम्युनिष्ट पार्टी निकट दलित मुक्तिमोर्चा कर्णालि प्रदेश अध्यक्ष दिनेश चदाराले दलित समुदायमाथि हुने भेदभाव, छुवाछूत र उत्पीडनका विरुद्ध १६ वर्षको उमेरदेखि भूमिगत भई जनयुद्धमा सहभागी भएका एक संघर्षशील अभियन्तामाथि दलितविरोधी देखाउने प्रयास भइरहेको भन्दै कालिकोटमा चर्को बहस सुरु भएको भन्दै आपति जनाएका छन ।
नेपालि कम्युनिष्ट पार्टी निकट नेपल दलिम मुक्ति मोर्चाको रास्कोटमा आयोजित भेलामा दलित अधिकार कर्मी चदाराले ०६२/०६३ सालको शान्ति प्रक्रिया पछि जिल्ला सदरमुकाममै बसेर दलित अधिकारका सवालमा आवाज उठाउँदै आन्दोलनको नेतृत्व गर्दै आएका म जस्ता अभियान्त माथि लगाईएको आरोपको खण्डन तारा चिन्नमा मतदान गराउनेअठोट बयक्त गरेका छन । उनले अभियन्ताले आफूले विगत दुई दशकदेखि निरन्तर संघर्ष गर्दै आएको बताएका छन्।
उनलेकालिकोट जिल्लामा दलित समुदायमाथि भएका विभिन्न विभेदजन्य घटनाविरुद्ध उनले अग्रपंक्तिमा उभिएर संघर्ष गरेका कारण दलित अगुवानै लागी परेकाले यसको खण्डन हुने गरि दलित मतदाता प्रचण्डो पक्षमा रहने बताए ।
धाराबाट दलितका गाग्री फ्याँकिएको, गैरदलितबाट दलित महिलामाथि यौन शोषण भई बच्चासमेत जन्मिएको, डोली बोक्न नमानेको निहुँमा दलितमाथि कुटपिट र उत्पीडन गरिएको जस्ता घटनाविरुद्ध आफुले आवाज उठाएको बताए ।
त्यस्तै, मनबिरे सुनार, मना सार्की र निरु बी.क.लगायतका पीडित घटनाहरूमा समेत न्यायको पक्षमा उभिएर संघर्ष गरेका कारण आफुले दासकोउपमा दिनेहरूसंग सरोकार नरहेको बताए ।
जिल्लाभर भएका झैँ–झगडा, कुटपिट र जातीय विभेदका घटनामा पीडितको पक्षमा उभिँदै नेतृत्वदायी भूमिका खेलेको पनि उनले दाबी गरेका छन्।
“म जस्तो इमानदार संघर्षकर्ता सिपाहीलाई दलित–विरोधी देखाउने प्रयासले कालिकोटको दलित आन्दोलन नै कमजोर पार्ने खतरा देखिन्छएको भन्दै दलित आएआर्जन , छोरी खाता जस्ता कार्यक्रम महेन्द्रले ल्याएको उनले भने । यस जिल्लामा दलित समुदायका साना–ठूला समस्या कसले साथ दिएको हो भन्ने कुरा सबैलाई थाहा रहेको उनले बताए ।
उनले केही अराजक व्यक्तिहरूले व्यक्तिगत तथा राजनीतिक स्वार्थका लागि भ्रम फैलाइरहेको आरोप पनि लगाए।
कालिकोटमा रहेका दलित नेतृत्व, बुद्धिजीवी, अगुवा तथा सम्पूर्ण दलित समुदायलाई यस्ता भ्रमप्रति सचेत रहन उनले अपिल गरेका छन्।
यी सबै घटनामा साथ दिने र सहकार्य गर्नेहरू नै साक्षी छन् ।उनले भने, “कसैको राजनीतिक स्वार्थका लागि फैलाइने भ्रमले सत्यलाई दबाउन सक्दैन। सामाजिक सञ्जालमा देखिएको दलितमाथिको अपमानप्रति उनले घोर भर्त्सना गर्दै, दलितमाथिको भेदभाव, विभेदपूर्ण व्यवहार र उच्च जातीय अहंकारका विरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।










