फागुन २१ गते हुने भनिएको निर्वाचन स्थगन गर्न माग गर्दै बर्बेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबहुमतले भोलि पाँच गते देशभर नेपाल बन्दको आयोजना गरेको छ ।
देशमा बल्झदै आएको राजनीतिक समस्या नेपालको वर्तमान एकाधिकारवादी, अलोकतान्त्रिक र जनविरोधी संसदीयव्यवस्था र त्यसलाई निर्देशित गर्ने संविधानमा परिवर्तन नगरी समाधान हुन नसक्ने भन्दै भन्दै संविधानमा भएका समस्याहरुजनताको पक्षमा पुनरावलोकन गरि चुनाव गर्न माग गरेको छ । संविधान सभाबाट संविधान जारी भएदेखिनै उठ्दै आएको योमागलाई सम्बोधन गर्न नसक्दा भदौ २३ र २४ को जेनजी विद्रोह हुन पुगेको भन्दै राजनितिक स्थायीत्वका लागी समस्या सुधार गर्नु पर्ने बताउनु भयो ।
देशमा भ्रष्टाचार, बेरोजगारी, राष्ट्रघात, कुशासन, मिटरब्याज, लघुवित्त, बैंकिङ शोषण जस्ता विकृति नेपालको शासन प्रणालीभन्दा राजनीतिक व्यवस्थाका समस्या हुन त ति समस्या यो व्यवस्थाबाट निर्देशित शासन प्रणालीले किसान, मजदुर, विद्यार्थी, शिक्षक, प्रोफेसर, बेरोजगार श्रमिक र श्रमजीवी जनताका समस्यालाई निरन्तर बल्झाउँदै लगेको आरोपबहुमत को छ । वर्तमानराजनीतिक व्यवस्थाले देशको शासन प्रणालीमा राजनीतिक, आर्थिक एवम् सार्वजनिक क्षेत्रमा केही पार्टी, गुट र व्यक्तिकोएकाधिकार कायम भएको बताएको हो ।
देशको भलाई चाहने कुनै पनि व्यक्ति वा राजनीतिककर्मीहरुलाई देशमा औद्योगिकरण नगर्ने, युवाहरुलाई विदेश पलायनगराउने, राष्ट्रघात गर्ने, जनविरोधी काम गर्ने, शिक्षा र स्वास्थ्य, आवास, सामाजिक सुरक्षाको व्यापार मार्फत देशका समस्तजनताको सम्पत्ति लुटपाट गरी एकाधिकार पूँजीपतिको शोषण गर्ने जन्मजात जनविरोधी भएको आरोप लगाउनदै नेपालिलाई नेपालबन्दमा सहयोग गर्न अनुरोध गर्नु भयो ।
यो दुश्चक्रबाट मुक्ति पाउने विधि संविधानमा परिवर्तन हो र देशको राजनीतिक व्यवस्थामा परिवर्तन हो । देशको राजनीतिकसमस्या यथावत राखेर चुनाव गर्नु पुरानै समस्यालाई अझ जटिल रुपमा पुनरावृत्त गर्नु र नेपालमा चलिरहेको एकाधिकारवादी, निरंकुश, अराजकतावादी व्यवस्थाको अन्त्य गरी वास्तविक लोकतन्त्र, अर्थात देशभक्त र श्रमिक जनताकालागि लोकतन्त्रस्थापना गर्न स्वाधीन संयुक्त सरकार गठनको वातावरण बनाउन सरकारसंग ाग गरेको छ।
नेपाल बन्दमा दुधवाहक, एम्बुलेन्स, कुटनीतिक नियोग, विवाह, तत्काल जीवनरक्षासँग सम्बद्ध यातायात बाहेक अन्ने सम्पूर्णक्षेत्र बन्द गरि ऐक्यवद्धता जनाउन अपिल गरेको छ ।
देशभक्त, जनपक्षधर, प्रगतिशील शक्तिहरुको सर्वपक्षीय राजनीतिक सम्मेलनको आयोजना गरी देशलाई निकास दिन अनुरोध गरेको छ ।










