रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

एसइईलाई मर्यादित बनाउन नगर उप -प्रमुख बरालको निर्देशन

 

टिकाराज उपाध्याय कालिकाेट ~ रास्काेट नगरपालिका नगर उप प्रमुख मनिराज बरालले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिनु भएकाे छ।

 

शिक्षा शाखाको आयोजनामा आज SEE परीक्षालाई मर्यादित बनाउन बसेकाे रास्काेटका २ वटा see केन्द्र भएका केन्द्र अध्यक्ष / सहायक केन्द्र अध्यक्ष , निरीक्षक, बि.व्य.स र सुरक्षा निकाएका प्रमुख सँगको बैठकमा नगर उप प्रमुख ज्यू,सम्बन्धित परीक्षा केन्द्रका वडा अध्यक्ष ज्यू, नि प्रमुख प्रशासकिय अधिकृत ज्यू लगाएत को उपस्थित रहेको थियो। उक्त बैठेकमा नगर उप प्रमुखले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्नु भएकाे छ। नगर उप प्रमुख बरालले स्थानीय रअभिभावक संग सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जवाफदेही ढङ्गले सञ्चालन गर्न आग्रह गर्नु भएकाे छ।

परीक्षाको मर्यादा कायम राख्न नसकेमा सम्बन्धित परीक्षा केन्द्रका केन्द्रअध्यक्ष . बि.व्य .स समेत जिम्मेवार हुनुपर्ने बताउनु भएकाे छ । “परीक्षाको गुणस्तर कायम राख्न र अन्य अवाञ्छित क्रियाकलापलाई निरुत्साहित गर्न नगरपालिकाले विशेष निगरानीको व्यवस्था गरेको छ । सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि नगरपालिका प्रतिबद्ध छ । परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायको सहयोगको आवश्यक छ”,

यस वर्षको एसइई परीक्षा यही चैत१९देखि २६गतेसम्म रास्काेटका दुई वटा परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुने छ। परीक्षामा ३सय ९०जना विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत दल बहादुर जिसीले जनाएका छन ।

रनिङ गार्ड परिक्षा मा खटिएका (कक्षा निरक्षक) ले परिक्षा लाई मर्यादित वनाउन सहयोग नगरे स्पष्टिकरण सहित विभागीय कारवाही गर्ने निर्णय पनि गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !