रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

नयाँ कार्यविधिसँगै भोलिबाट एसईई सुरु, कपी ३ दिनमै केन्द्रमै जाँच हुने,

सुर्खेत –  भोलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष नयाँ ढंगले सञ्चालन हुने भएको छ। सरकारले आज मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ पारित गर्दै परीक्षा प्रणालीमा महत्वपूर्ण सुधार ल्याउने निर्णय गर्दै परिक्षा सन्चालन कार्यबिधि पास गरेको हो ।

शिक्षा ऐन, २०२८ को दफा १९(क) ले दिएको अधिकार प्रयोग गर्दै तयार गरिएको उक्त निर्देशिकाले परीक्षा व्यवस्थापनदेखि उत्तरपुस्तिका परीक्षणसम्मका प्रक्रियालाई छिटो, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य सहित भोलि बाट सुरू हुने परिक्षाको उत्तर पुस्तिका पनि सम्बन्धित केन्द्रै चेकजाच गरि प्रापतअंङक तालिका बनाई समन्वय ईकाई मार्फत तिन दिन भित्र परिक्षा बोडमा  पठाउन कार्यबिधि बमोजिम निर्देशन भएको छ ।

नयाँ व्यवस्थाअनुसार अब परीक्षा भएकै दिन उत्तरपुस्तिका जाँच गर्ने योजना अघि सारिएको छ। परीक्षा केन्द्रमै केन्द्राध्यक्ष, सुरक्षाकर्मी तथा सीसीटिभी निगरानीमा उत्तरपुस्तिका परीक्षण गरिने व्यवस्था गरिएको छ। यसले मूल्यांकन प्रक्रियामा पारदर्शिता ल्याउनुका साथै नतिजा प्रकाशनमा हुने ढिलाइ हटने  विश्वास गरिएको छ।

निर्देशिकाअनुसार जाँच सकिएपछि तिन  दिन भित्र केन्द्रा अध्यक्क्षले प्राप्ताङ्कसहित उत्तरपुस्तिका सिलबन्दी गरेर सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाइने ब्यवस्था सहित सरकारले निर्देशन गरेको छ । यसरी परीक्षा सम्पन्न भएकै दिनदेखि नतिजा प्रक्रियालाई तीव्र बनाउने सरकारको लक्ष्य रहेको छ।

यद्यपि, परीक्षा सुरु हुन केही घण्टा बाँकी रहँदा मात्रै कार्यविधि सार्वजनिक गरिएकाले देशभरका परीक्षा केन्द्रहरूमा केही अन्यौलता देखिएको छ। प्रश्नपत्रसहित परीक्षा केन्द्र व्यवस्थापनमा जुटिरहेका केन्द्राध्यक्ष र जिल्ला स्तरीय परीक्षा सञ्चालन समितिहरू नयाँ व्यवस्था कार्यान्वयनबारे अलमलमा परेका छन्।

उनिहरूले उत्तरपुस्तिका चेकचाज गर्ने ब्यक्ति वा शिक्षकको तयारी गरेकै छैनन्  । जिल्ला ,जिल्लामा  यस अघि पुरानै परिक्षा ब्यवस्था अनुसार परिक्षा सन्चालनको अभिमुखिकरण पाएका केन्द्रा अध्यक्ष परिक्षा केन्द्रमा नपुग्दै कार्यबिधि  अनुसार  उत्तरपुस्तिका चेकजाचको समेत जिम्मेवारि थपिए पछि उत्तरपुस्तिका चेकजाचका लागी बिज्ञ रोष्टर तयारी नहुदा समस्या हुने भन्दै अलमलमा परेका छन ।

स्रोतका अनुसार चालु वर्षमै यही कार्यविधिअनुसार परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मको काम अघि बढाइने निर्देशन गरिएको छ। यसले एसईई नतिजा छिटो सार्वजनिक गर्ने सरकारको लक्ष्यलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

यससँगै आगामी वर्षदेखि एसईई परीक्षा व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार वा विद्यालयलाई दिने विषयमा पनि बहस सुरु भएको छ। आवश्यक कानुनी व्यवस्था गर्ने विषयमा सरकारभित्र छलफल भइरहेको जनाइएको छ।

  सरकारले यस योजनालाई परीक्षा प्रणालीलाई आधुनिक, छिटो र प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)सँग सम्बन्धित नयाँ कार्यविधिमा उत्तरपुस्तिका जाँच र अङ्कभारमा त्रुटि गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ। मूल्यांकन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन यस्तो प्रावधान राखिएको जनाइएको छ।

नयाँ व्यवस्थाअनुसार उत्तरपुस्तिका परीक्षणका क्रममा लापरबाही, अङ्कमा तलमाथि वा जानाजानी गल्ती गरेको पाइएमा सम्बन्धित परीक्षकलाई कारबाही गरिनेछ। यसले परीक्षा प्रणालीप्रति उत्तरदायित्व र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ।

यस्तै, एसईई सुरु हुनु अघि अन्य कक्षाका परीक्षा सकाएर लामो समय विद्यालयमा अनुपस्थित हुने शैक्षिक जनशक्तिको अभ्यास यस वर्ष अन्त्य हुने देखिएको छ। विगतमा एसईई र विद्यालय भर्ना अभियानको बहानामा करिब एक महिना विद्यालय बन्दजस्तै हुने अवस्था रहँदै आएको थियो।

तर यस वर्ष एसईई परीक्षा सकिएको केही दिनमै विद्यालय सञ्चालन गरिने तयारी भएपछि शिक्षक तथा कर्मचारी नियमित रूपमा विद्यालयमा उपस्थित हुने अपेक्षा गरिएको छ।

शिक्षा सरोकारवालाहरूका अनुसार यसले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्नेछ भने विद्यार्थीको सिकाइ प्रक्रियामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

समग्रमा नयाँ कार्यविधिलाई शिक्षा प्रणालीलाई अनुशासित, प्रभावकारी र नतिजामुखी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !