कालिकोट — सान्नीत्रिवेणी गाउँपालिकाले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयस्तरीय शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै महत्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाले सम्पूर्ण विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक वर्ष २०८२ को समीक्षा गोष्ठी सम्पन्न गर्दै आगामी कार्यदिशा तय गरेको हो।
गाउँपालिकाको आयोजनामा सम्पन्न भेलामा गत शैक्षिक सत्रका उपलब्धि, चुनौती र सिकाइका पक्षहरूको विस्तृत समीक्षा समेत गरिएको छ । साथै, शैक्षिक सत्र २०८३ का लागि वार्षिक कार्ययोजना प्रस्तुत गर्दै विद्यालयहरूको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।
गाउँपालिका अध्यक्ष मोहन केसीले शैक्षिक सुधारलाई परिणाममुखी बनाउन गाउँपालिका र प्रधानाध्यापकबीच वार्षिक कार्यसम्पादन करार सम्झौता गरिने जानकारी दिए। उनका अनुसार, यस सम्झौताले विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि तथा शिक्षण प्रक्रियामा जिम्मेवारी र जवाफदेहिता थप स्पष्ट बनाउनेछ।
यस्तै, प्रधानाध्यापकहरूले आफ्ना विद्यालयका शिक्षकहरूसँग पनि समान प्रकृतिको कार्यसम्पादन करार गर्ने निर्णय गरिएको छ। यस कदमले वि










