रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट नगरपालिकामा बहुभाषिक रणनितिमा आधारित एकिकृत पाठ्यक्रम अनुसार सिकाइ सहजीकरणका लागि शिक्षक क्षमता विकास पुनर्ताजगी ३ दिने तालिम समापन।

कालिकोट: रास्कोट नगरपालिकामा युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालको सहयोग तथा समन्वय, र रास्कोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा “गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट व्यवस्थापनका लागि स्थानीय तहको क्षमता विकास सवलीकरण कार्यक्रम अन्तर्गत आधारभुत तहका शिक्षकहरुको क्षमता विकास गर्नका लागि पाठ्यक्रममा आधारित शिक्षण सिकाई तालिम दिइएको छ । आधारभुत तह कक्षा १ देखि ३ सम्ममा अध्यापन गराउने शिक्षकहरुलाई “बहुभाषिक रणनीतिमा आधारित एकिकृत पाठ्यक्रम अनुसार सिकाइ सहजीकरणका लागि शिक्षक क्षमता विकास पुनर्ताजगी तालिम ” दिइएको छ ।
समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजना र शिक्षा यूवा तथा खेलकुद शाखा रास्कोट नगरपालिकाको समन्वयमा ३ दिने तालिम सञ्‍चलन भएको (स्याक) नेपालका शिक्षा अधिकृत ध्रुब नाथ योगीले बताउनु भयो ।
गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा स्थानिय तहको क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत रास्कोट नगरपालिकाको शिक्षा क्षेत्र सुधार गर्नका लागि र बालबालिकाको सिकाई स्तर बृद्धि गर्नका लागि १५ वटा आधारभुत तह विद्यालयका ३० जना शिक्षकहरुको सहभागितामा ३ दिने “बहुभाषिक रणनीतिमा आधारित एकिकृत पाठ्यक्रम अनुसार सिकाइ सहजीकरणका लागि शिक्षक क्षमता विकास पुनर्ताजगी” तालिमको आयोजना गरि आज समापन गरिएको योगीले जानकारी दिनुभयो । रास्कोट नगरपालिकाको शैक्षिक सुधार गर्ने अभियान, शैक्षिक क्रान्तीको नारालाई पुरा गर्नका लागि र गुणस्तरीय शिक्षाका लागि स्याक नेपालले शिक्षक, विव्यस, जनप्रतिनिधि शैक्षिक सरोकारवाहरुको क्षमता विकास तालिम गोष्ठि सँगै शिक्षा सम्वन्धि विभिन्न निति नियम तथा कार्ययोजना तयार पार्ने काम गरिरहेको छ । ३ दिने तालिमले “बहुभाषिक रणनीतिमा आधारित एकिकृत पाठ्यक्रम अनुसार सिकाइ सहजीकरणका लागि शिक्षक क्षमता विकास पुनर्ताजगी तालिम ” को अवधारणा सित परिचित हुन र नेपालको एकीकृत पाठ्यक्रमका विशेषताहरु पहिचान गर्न, आधारभुत तह कक्षा १ देखि ३ सम्म को पाठ्यक्रममा आधारित पाठ्यसामाग्रीको विशेषताहरु पहिचान गर्ने, पाठ्यक्रम तथा पाठ्यसामाग्री विचको अन्तर सम्वन्ध पहिचान गर्ने र एकीकृत विषयक्षेत्रहरु पहिल्याउन र एकीकृत सिकाइ सहजिकरण गर्ने प्रक्रिया बताउने जस्ता उद्देश्य पुरा गर्ने लक्ष्य लिइएको छ । शिक्षा अधिकृत तथा नि. शाखा प्रमुख दल बहादुर जि. सीको अध्यक्षतामा समापन कार्यक्रमको प्रमुख अतिथि रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले गर्नु भएको थियो। भने तालिमको सहजिकरण मानव संसाधन बिकास केन्द्र कर्णाली प्रदेशका प्रशिक्षक लोक बहादुर खत्रीले गर्नुभएको बालविकास सयोजक राजुकुमारी शाहीले खबर कर्णालीलाई जानकारि दिनुभएको छ। विद्यार्थिको भविष्‍य निर्माण गर्नका लागि र उनिहरुलाई गुणस्तरीय शिक्षाका लागि आधारभुत तह बलियो हुनपर्छ ।
घरको जग कमजोर भएमा घर नै कमजोर हुने कुरालाई आत्मसाथ गर्दै स्याक नेपालले रास्कोट नगरपालिकामा शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षाको पहिलो जग आधारभुत तहलाई आधार मानेर नगरपालिकासँग समन्वय गरेर काम गरिरहेको छ । गुणस्तरीय शिक्षाका लागि र विद्यार्थिको सिकाई परिवर्तन गर्नका लागि नगर सरकारले मात्र नसक्ने र विभिन्न संघ संस्थाको पनि सहयोग आवश्यक पर्ने नगर प्रमुख शाहीले बताउनु भयो ।
उहाँले स्याक नेपालले आधारभूत तहलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको हुँदा आधारभूत तह बलियो भयो भने शिक्षा क्षेत्रमा आएको परिवर्तन पनि देखिने र विद्यार्थिको भविस्य पनि उज्वल हुने शाहीले बताउनु भयो । उहाँले ३ दिने पुनर्ताजगी तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी कक्षा कोठामा विद्यार्थिको सिकाईमा बृद्धि गर्नका लागि लागु गर्न निर्देशन दिनु भएको छ। समचारका लागि टिकाराज उपाध्याय :कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !