रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालीकोटमा विषादी न्यूनीकरण र पोषण प्रवर्द्धन अभियानलाई प्रभावकारी बनाउन सरोकारवालाको प्रतिबद्धता

    कालीकोट, असार २१। स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामापोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरणअभियान सञ्चालन सम्बन्धी समन्वयात्मक बैठक तथा अभिमुखीकरण खाँडाचक्र नगरपालिकाको सभाहलका सम्पन्न भएकोछ।

कार्यक्रममा रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा पार्ने गम्भीर असर, सुरक्षित खाद्य प्रणाली, पोषणप्रवर्द्धन तथा विषादी न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो।

अभिमुखीकरणका क्रममा अस्पतालकी नर्सिङ निरिक्षक मिरा शाही, अस्पतालका खोप तथा पोषण फोकल पर्सन कटक महततथा स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले विषादीको प्रयोगका कारण क्यान्सर, कलेजो तथा मिर्गौलामा क्षति, ट्युमर, प्रजननसम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, छालामा एलर्जी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेजस्तास्वास्थ्य समस्या बढ्ने बताए  उनीहरूले विषादी शरीरमा छाला, मुख, श्वासप्रश्वास आँखामार्फत प्रवेश गर्न सक्ने भएकालेयसको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरे।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख धनजितबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल , जिल्ला प्रहरी प्रमुखहेमबहादुर खत्री लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाकोसहभागिता रहेको थियो।

सहभागीहरूले रासायनिक विषादीको प्रयोग न्यून गर्दै सुरक्षित, स्वच्छ पोषणयुक्त खाद्य उत्पादन तथा उपभोगलाई प्रवर्द्धनगर्न सबै तहबाट सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै जैविक विविधताको संरक्षण, स्वस्थ जीवनशैलीकोविकास जनचेतना अभिवृद्धिका लागि यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।

स्वास्थ्य सेवा कार्यालय कालीकोटले विषादी न्यूनीकरण पोषण प्रवर्द्धनलाई प्रभावकारी बनाउन स्थानीय तह, कृषि तथास्वास्थ्य क्षेत्रसँग समन्वय गरी समुदायस्तरसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको भन्दै बिसादीको प्रयोगको अवस्थाबारे  खाडाचक्र नगरका कृषि साखा प्रमुख धुर्व बरालले जानकारी गराएका थिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !