रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

असार ५ गतेदेखि सम्पर्कविहीन पचालझरनाकी २४ वर्षीया जोसिला कठाएतको अवस्था अझै अज्ञात

     कालिकोट — पचालझरना गाउँपालिका–३, खार्दु निवासी २४ वर्षीया जोसिला कठाएत असार ५ गतेदेखि परिवारको सम्पर्कविहीन भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ।

परिवारका अनुसार कक्षा १२ उत्तीर्ण जोसिला घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा नआएकी हुन्। उनका बुबा रणकेसर कठाएत र आमा मोतिपुरा कठाएतले छोरीको खोजीका लागि निरन्तर प्रयास गरिरहेका छन्।

जोसिलाका दाइ धिरेन्द्र कठाएतले इलाका प्रहरी कार्यालय पचालझरनामा खोजिका लागी निवेदन दर्ता गरिसकेका छन्। उनले प्रेम सम्बन्धका कारण जोसिलाले आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, यो परिवारको आशंका मात्र भएको र त्यसको आधिकारिक पुष्टि हुने प्रमाण प्रहरीले अनुसन्धानमा भेटाउन नसकेको प्रहरीको भनाई छ 

प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी रहेको छ। साथै, सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्र पारिएको छ। विशेष गरी कर्णाली नदी आसपासका क्षेत्रहरूमा समेत व्यापक खोजी गरिएको प्रहरीले जनाएको छ। तर, समाचार तयार पार्दासम्म जोसिलाको अवस्था  खुल्न सकेको छैन।

प्रहरीले जोसिलाको अवस्थावारे डिजिटल देखि स्थलगत अनुसन्धान र खोजि   गरिरहेको भए पनि उनको घटनासंग मिल्ने कुनै पनि सूचना वा जानकारी प्राप्त गर्न  नसकेको कालिकोट  प्रहरी  प्रमुख डिएसपी हिम बहादुर खत्रिले रेडियो प्रदेश आवाजलाई  बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !