रास्कोट, कालिकोट ~पोषण परियोजनाअन्तर्गत प्रारम्भिक बालविकासका लागि अभिभावक शिक्षा सम्बन्धी महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्रमिक तालिम रास्कोटमा सम्पन्न भएको छ।
रास्कोट नगरपालिकामा वडा न. १ देखि ९ नम्बर वडाका टोल टोलमा कार्यरत ३४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा सञ्चालन गरिएको तालिममा प्रारम्भिक बालविकास, बालबालिकाको पोषण, स्वास्थ्य, सरसफाइ तथा अभिभावकको भूमिकालगायतका विषयमा जानकारी तथा सीप प्रदान गरिएको थियो।
तालिमको रास्कोट नगरपालिका आयोजना सहयोग प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सहजीकरण किर्डाक नेपाल र हुरेन्डेक नेपाल, कालिकोटको सहजिकरणमा
तालिमले महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकाको प्रारम्भिक विकास र पोषणसम्बन्धी सन्देश घरपरिवार तथा समुदायस्तरसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










