रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट बहुमुखी क्याम्पसको शिक्षा संकायको सम्बन्धनबारे अन्तिम निर्णय तिहारअघि वा लगत्तै हुने

कालिकोट। रास्कोट बहुमुखी क्याम्पसको शिक्षा संकाय सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सम्बन्धनका विषयमा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायको डिन कार्यालयले आवश्यक सिफारिस गरिसकेको र अब उपकुलपति (भिसी) कार्यालयअन्तर्गतको नीति तथा योजना महाशाखाबाट अन्तिम निर्णय हुन बाँकी रहेको बुझिएको छ।

सम्बन्धनको अवस्थाबारे जानकारी लिन त्रिभुवन विश्वविद्यालय, शिक्षा संकायको डिन कार्यालय, कीर्तिपुर पुगेको टोलीले नीति तथा योजना महाशाखाका प्रमुख लक्ष्मीराम शर्मासँग भेटघाट गरेको थियो। भेटका क्रममा शर्माले सम्बन्धनसम्बन्धी प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै तिहारअघि वा तिहारलगत्तै अन्तिम निर्णय हुने बताएका छन्। उनले रास्कोटलाई बधाईसमेत दिएका छन्।

लामो समयदेखि शिक्षा संकायको सम्बन्धनको प्रतीक्षामा रहेको रास्कोटका लागि यो खबरले आशा जगाएको छ। सम्बन्धन प्राप्त भएमा स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने अवसर थप विस्तार हुने अपेक्षा गरिएको छ।

यसअघि रास्कोटमा व्यवस्थापन संकायमा सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको क्याम्पस निरन्तरता पाउन नसकेपछि खारेज भएको थियो। उक्त क्याम्पसका तत्कालीन प्रमुखसमेत रहेका रास्कोट नगरपालिकाका वर्तमान उपप्रमुख मनिराज बरालले दसैँलगत्तै शिक्षा संकायको सम्बन्धन प्राप्त हुने आश्वासन दिएका थिए।

लामो प्रतीक्षापछि सम्बन्धन प्रक्रिया अन्तिम चरणमा पुगेको खबरले स्थानीय शैक्षिक क्षेत्र र रास्कोटवासीमा उत्साह थपेको छ। यद्यपि, सम्बन्धनको औपचारिक निर्णय भने विश्वविद्यालयबाट आधिकारिक रूपमा सार्वजनिक हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !