२२ भदौ कालिकाेट, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघले राष्ट्रघाती MCC सम्झौता र जयसिंह धामिको न्यायका पक्षमा कालिकोटमा बिरोध प्रदर्शन गरेको छ।
दार्चुलामा नेपाली युवककाे तुइनबाट महाकालीमा खसेको विषय,गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको बिषय र MCC सम्झौता विरोधमा प्रदर्शन गर्दा प्रहरी हस्तक्षेपले गृह मन्त्री र मोदीको पुत्ला जलाउन नपाएको अनेरास्ववियूका केन्दीय सचिवालय सदस्य हिक्मतजंङ मल्लले बताए ।
कार्यक्रममा गृह मन्त्री कहाँ छौँ ? कारवाही भोग्न तयार छौँ।, राट्रघाती MCC खारेज गर, अमेरीकी साम्राज्यवाद मुर्दावाद, REJECT MCC जस्ता नारा लगाईएको युवा संघ प्रदेश सदस्य गोभिन गुरुङले बताए । साभार कर्णाली प्रेस