भाद्र,२६ कालिकोट/ नेकपा एमाले कालीकोटका अध्यक्ष नगेन्द्रवहादुर शाही नेस्नलले चिन्ह सुर्य पार्टी एमाले बाट चुनाव जितेर एमालेकै अपमान गर्नु भनेकाे राजनितिक अपराध भएको वताए ।
अध्यक्ष शाहीले पार्टी एमाले, चुनाव चिन्ह सुर्य, कार्यकर्ता जवज मान्नेहरुलाई साथमा लिएर चुनाव जित्ने अहिले आएर त्यही पार्टीको बिरुद्धमा गाउँमा भेला गर्ने निर्वाचन कार्यालयमा गएर अर्को पार्टीमा प्रवेश गरेर सनाखत गर्ने काम कसैले पनि गर्न नहुने बताए । यतिमात्र नभई केहि भगौडाको जस्तो अपराधी काम नगर्न आफ्ना कार्यकर्तालाई आग्रह समेत गरे। उनले नरहरीनाथ गाउँपालिकाको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गदै सो कुरा पार्टी श्राेतले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष शाहीले सबै अपराधिहरुको समुह एक भएर केन्द्र देखि स्थानीय तह सम्म जनतालाई धोका दिन खोजेका वेला त्यसको प्रतिवाद गर्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिए ।
गाउँ कमिटिका अध्यक्ष टेकवहादुर वुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश कमिटि सदस्य दोय भरतराज धिताल,जसि पाण्डे, विरेन्द्र वोगटी, जिल्ला पार्टी उपाध्यक्ष रमेश कुमार शाही, बिद्यार्थी नेता सन्तोष महतरा लगाएतका नेताहरुले भेलालाई सम्वोधन गरेकाे जनाईएकाे छ । यस्तै कार्यक्रममा साहित्यकार रत्नकमल बिष्टले एमालेमा प्रवेश गरेका छन् । लालु निबासी रत्नकमल बिष्ट योगी नरहरीनाथको इतिहासको खोजि, मध्य तथा सुदुरपश्चिमको कला देउडाको संरक्षणका लागि निरन्तर अभियान चलाउदै आएका छन ।