सातौं जिल्ला अधिवेसनमा सर्वसहमत नेतृत्व छनोट गरेर सम्पन्न गरेको कालिकोट कांग्रेसमा खैलाबैला भएको छ । दुई पटक महाधिवेसन प्रतिनिधि भएका मोतिराज बमले पत्रकार सम्मेलन गरेर कांग्रेसले अन्याय गरेको बताउनु भएको छ । आफु टिम , गुटको पक्षमा नलागेका कारण अन्यायमा परेको बताउनु भयो । १४ सय झण्डै प्रतिनिधिका बिचमा हुने भनिएको जल्लिा अधिवेसन सहमती आधारमा नेतित्व छनोट गरिए पछि बम लगाएत केही नेता असन्तुष्ट बनेका छन । पत्रकार सम्मेलनमा बलमे ८ सय बढि प्रतिनिधिको भावना आफु प्रति रहेको र आफ्नै टिम बाट आफुलाइ धोका भए पछि आफु सभापति हुन नपाएको बताउनु भयो । देउवा पक्षधर रहेका बमले देउवाको जिल्ला जिल्ल स्थति नेतृत्व गरि रहेका कालि ब सहकारीले जिल्ला को नेतृत्व छाडेर बहुमत प्रतिनिधि ल्याउनु भनेर देउवाले निर्देशन गरेको भनेर कालि ब सहकारीले सुनाएको भन्दै देउवालाई अब सभापति छाडेर बहुमत केन्द्रिय सदस्य भए पनि केन्द्रमा सहमति हुन सक्छ उहाँले देउवालाइ प्रशन गर्नु भयो तर देउवा तयार नहुने अनि कालिकोटमा आफुलाई सिध्याउन देउवा समेत लागेको बमले बताउनु भयो । हर्ष बम ,कालि ब सहकारी र भुपेन्द्रजंग शाहीले सहमतिका नाममा बिग्रहको बाटो रोजेको दाबि गरे सहमतिमा सचिव भएका नगेन्द्र बिष्ट, धुर्ब बिक्रम शाही, हरिचन्द्र देबकोटा,दिपेन्द्र शाही, अधिबक्ता दमन बम, जगत बिष्ट लगाएतको उपस्थित थियो, कालि ब सहकारीले टिकट पाएन भनेर लडेका कारण मैले ७० मा अपमान खेपे तर मलाई मेरै टिम बिस बनेर आयो मैले उनिहरुको पक्ष्मा उभिएर लडेको फल पाए अब उभिदैन बमको भनाइ थियो । त्यसको प्रतिफल म सभापति हुन सकिन ,सहमतिमा पनि हुन नदिने ,लड्न पनि नदिने कस्तो लोकतन्त्र हो भन्दै अब प्रदेशमा उपसभापति या महामन्त्रि लड्छु त्यहाँ मलाई रोक्न सक्नेकसैको ताकत नरहेको उहाँको दाबि रहेको छ । आफु बिमलेन्द्र निधि पक्षमा रहेका कारण दुख दिएको र सभापति हुन नसकेको बताएका छन ।
प्त्रकार सम्मेलनमा संगै पुगेका कांग्रेस सहमतिका सचिव रहेका नगेन्द्र बिष्ट पनि सम्मेलनमा दोहोरो भुमिकामा देखिएका थिए । उनि आफुलाइ पौडेल पक्षधर भन्दै थिए भने बम आफुलाइ बिमलेन्द्र निधि पक्षधर भनिरहेका थिए तर जिल्लामा सभापति बमलाइ बनाउनु पर्छ भनेर पनि लागेको र प्रदेशमा हुने उमेदारीमा आफु सहयोग गर्ने बताइरहेका थिए । बिष्टले सहमतिका नाममा लोकतन्त्रमा अपेक्षा माथिको प्रतिबन्ध लगाउन नपाईने बताएका थिए । प्रदेशमा हुने सम्मेलनमा मोतिराज बमलाई सहयोग गर्ने बिष्टले बताए । मोतिराज बम अब देउवाको पक्षमा नरहने उनको तर्क थियो तर उता मोतिराज बलमे भने बिमलेन्द्र निधिको साथ नछोड्ने तर देउवालाइ सहयोग नगर्ने बताउदै थिए । सभापति नभए पनि युवाहरू मोतिराज बमको पक्षमा रहेको र आफुले सहयोग गर्ने बिष्टको भनाइ थियो ।
काग्रेस निकट कानुन ब्यवसायी अधिबक्ता दमन बमले पत्रकार सम्मेलनमा सहमतिका लागि बनाईएको समिति आफु र आफ्ना मान्छे सेट गर्नेमा केन्द्रित भएको र तिलक न्यौपाने बिष्णु ब शाही जस्ता ब्यक्ति लाई छुटाएको बताउनु भयो ।
सभापतिमा भए देउवा नभए टिम फेर्ने स्वार्थि हैन भन्ने प्रश्नमा बमले सहमतिका नाममा असहमतिको बिजारोपण गरेकाले आफु कांग्रेस भित्रको आफुलाई असहयोग गर्ने लाई सहयोग गरिरहने म हैन तर म पनि नेता हुँ , सहमति मेरै पक्षमा पनि हुन सक्थ्यो ? किन भएन चालीस बर्ष सम्म देउवाको पक्षमा लागेको मान्छे आफु हुँ देउवा टिमकै बिमलेन्द्र निधि हुन सभापतिमा आकांक्षा राख्नु भएको छ देउवाकै टिमका निधि केन्द्रमा सभापति किन हुन सक्दैनन् त्यसैले बहुमत प्रतिनिधि ल्याएर सभापति छाड्नु भन्ने र जितेको चुनाव सहमतिका नाममा देउवाले पेले पछि म किन उनकै पछि लम्किनु राजनिति गर्नेका लागि राजनितिक स्वार्थ राख्नु स्वभाबिक हो बमले भनेका छन अब म देउवाको टिमबाट बाहीरीन्छु । कालिकोटबाट देउवा अल्पमतमा परेका छन बमको भनाइ छ । साठी चालीस प्रतिनिधि ल्यायौं, सभापतिको टिमले पनि देउवालाई भोट हाल्ने सहमति छ भनिएको छ त्यो गलत छ । अहीलेको परिणाम हेर्दा कालीकोटबाट प्रथम पौडेल, दोस्रो देउवा तेस्रोमा निधि हुने छन । सहमतिमा भएकाले बिधान सहायक बनेको उनिहरुको तर्क थियो । ४३ बिधानतह जिल्ल कार्यसमिति बन्ने भए पनि मतिमा ९६ बढि सदस्यिय जिल्ला कायस्मिति चयन गरिएको बताइएको छ ।
ऋर्का नेता धुर्ब बिक्रम शाहीले सहमति का नममा मरुवा सरूवा गरियो सभापति लैजाउ भन्दा देउवा टिमले मोतिराज बम आउछ भनेर सभापति लिन मानेनन् लिन्नौ भन्नू मोतिराज बम प्रतिको पुर्वाग्राही मात्र हैन आफु बिरूद्व मात्रै थियो उहाँको भनाइ छ ।