रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटको मुम्रा डाफेमाबिमा प्रबिधि मैत्रि शिक्षण सिकाइ सुरू

कालिकोट सान्नि त्रिर्बेणि गाउपालिकाका बिद्यालयहरूमा प्रबिधिमैत्रि शिक्षण सिकाई सुरू भएको छ । सान्नि त्रिर्बेणी गाउपालीका अध्यक्ष डम्बर बहादुर शाहीले गाउपालिका भित्रका शैक्षिक संस्थाहरूको सिक्षण सिकाईमा परिवर्तन ल्याएर गुणस्थर बृद्वि गर्ने उधेश्यले कार्यक्रम घोषणा गरे संगै बिद्यालयले बालबालीकालाई प्रबिधिमा अाधारीत शिक्षण सिकाई सुरू गरेका हुन । शोमबार एककार्यक्रमका बिच डाँफे मा.वि. मुम्रा सान्नि त्रिवेणी वडा नम्वर ९ मा अध्यक्ष डम्बर बहादुर शाही डिबिले सुचना तथा संचार प्रविधिमा अाधारित श्रव्य दृष्य शिक्षण सिकाई कक्षा उत्घाटन गर्नु भएको छ ।शिक्षा क्षेत्रमा सकरात्मक कार्य गर्ने उधेश्यले मुम्रामा रहेको डाफे माबिमा प्रबिधिमा अाधारीत शिक्षण सिकाईक सुरूवात गर्नु भयो । बिद्यालय ब्यवस्थापन समितिका दर्व तिरुवाको अध्यक्षयतामा र गाउपालिका अध्यक्ष डम्वर व शाहीको प्रमुख अथित्यथामा वडा नं ८ का अध्यक्ष, वडा नम्वर ९ का वडा अध्यक्ष सहित शैक्षिक सरोकारवालाको सहभागीता रहेको कार्यक्रममा अध्यक्ष शाहीले कम्युटर र प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाई गर्ने कार्यको उद्घाटन गर्नु भयो ।कार्यक्रमको सन्चालक शिक्षक उदय राज शाहीले गर्नु भएको थियो । पहीलो दिन बालशिक्षाका बालबालिकालाई राखेर शिक्षण पनि गरिएको बताईएको छ । दुरदराजका बस्तिमा रहेका बिद्यालयमा हरेक दिन एकघण्टाको समय अाधारभुत कम्युटर शिक्षा र सञ्चार प्रबिधिका बिषयमा जानकारी दिने काम हुने बिद्यालयले जनाएको छ । कक्षामा नेट ईन्टरनेटको माध्यमबाट नया, नया शिक्षण विधि अाएकोमा त्यहाका बिद्यार्थी पनिखुसि भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !