रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पचालझरनाको कांग्रेसमा ७ मत ल्याउनेमात्र बाकी रहे : क.पौरख

नेकपा माअोबादी केन्द्रका पचालझरना गाउपालिका अध्यक्ष पौरख बिकले पचालझरनामा एमाले कांग्रेस सुन्यतामा झरेको दाबि गरेका छन । नेपाली कांग्रेसबाट गत स्थानियतह निर्वाचनमा कालिकोट पचालझरना गाउपालिकामा अध्यक्षका प्रत्यासि रहेका कांग्रेस नेता भानुभक्त सन्ज्याल माअोबादी केन्द्रमा प्रबेस गरेपछी उनलाई स्वागत गर्न अायोजित कार्यक्रममा स्थानियतह निर्वाचन २०७४ मा १२०४ मत ल्याएका माअोबादीमा प्रबेस गरिसकेकाले ७ मत ल्याउने मात्र कांग्रेसमा रहेको बताएका छन । ती पार्टीको हबिगत अाउदो निर्वाचनमा देखिने उहाले बताउनु भयो ।अध्यक्ष बिकले भर्खरै सम्पन्न कांग्रेस प्रदेश सम्मेलनमा प्रदेश सभापतिमा लडेर मोतिराज बमले ७ मत प्राप्त गरेको प्रति संकेत गर्दै कार्यक्रममा अब कांग्रेसमा सात भोट रहेको बताउनु भयो। नब प्रबेसी भानुभक्त सन्ज्याल स्थानिय तह निर्वाचनताका देखि कांग्रेस नेता मोतिराज बम संग असन्तुष्ट थिए। भर्खरै सम्पन्न कांग्रेस प्रदेस अधिबेसनमा अाफुलाई पेलेको र बिगतमा अाफ्नैले निर्वाचन हराएको भन्दै असन्तुष्ट रहेका सन्ज्याल प्रदेश सम्मेलनको पुर्वसन्ध्यामा रहेको माअोबादी केन्द्रमा प्रबेस गरेका छन । माअोबादी केन्द्रले प्रदेश राजधानि सुर्खेतको रारा भिजिट होटेलमा अायोजना गरेको एक कार्यक्रममा कांग्रेस परित्याग गर्दै माअोबादी केन्द्रमा प्रबेस गरेको घोषणा गरेका हुन । अायोजित कार्यक्रममा माअोबादी नेताहरू पुर्व मुख्यमन्त्रि तथा पार्टी कर्णाली प्रदेशसह ईन्चार्ज महेन्द्र ब शाही ,नेकपा माअोबादी केन्द्रका कर्णाली प्रदेश पार्टी सचिव रामदीप अाचार्य , कालिकोट पार्टी सह ईन्चार्ज रास्ट्रियसभा सदस्य जीवन बुढा , पुर्व जिल्ला अध्यक्ष तथा संघिय संसद दुर्ग ब रावत बर्तमान कालिकोट पार्टी जिल्ला समन्वय समिति संयोजक धनजित शाही , रास्कोट नगरपालिका मेयर तथा पार्टीको केन्द्रीय लेखा अायोगका सदस्य कासिचन्द्र बराल जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने , लगाएतले स्वागत गरेका छन । गत स्थानियतह निर्वाचनमा माअोबादीका खड्गराज सेजुवालले १६६८ मत ल्याएर बिजय भएका थिय भने कांग्रेसका सन्ज्यालले १२०४ मत प्राप्त गरेर दोस्रो भएका थिए ।त्यस्तै तत्कालिन एमालेका चन्द्र ब शाहीले ११०३ मत प्राप्त गरेर तेस्रो भएका थिए। यसरी हेर्दा पचालझरना गाउपालिकामा यश पछिका निर्वाचनमा माअोबादी केन्द्र एक पछि अर्को बलियो हुँदै गएको देखिन्छ । ७० को निर्वाचनमा कांग्रेस पहीलो जस्तो देखिने बस्तिहरू पनि पछिल्लो चरण माअोबादी बलियो बन्दै गएको देखिएको छ । पचालझरना कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्रि तथा माअोबादी केन्द्रका कर्णाली प्रदेश सह ईन्चार्ज महेन्द्र शाहीको गाउँ हो । सन्ज्याल संगै उनको गाउका दर्जनबढी नेता कार्यकर्ता माअोबादी केन्द्रमा प्रबेस गरेका छन । एक निर्वाचनमा अाफुबाट पालिकाको अध्यक्षमा निर्वाचन लडेका उम्मेद्वार माकेमा प्रबेस गरे पछी कांग्रेस कम्जोर हुने छ भने तत्कालिन एमालेबाट पालिका अध्यक्ष लडेका चन्द्र ब शाही हाल एमालेमा छैनन् उनी पनि पार्टी बिभाजन पछी समाजबादीमा रहेका छन । कांग्रेसबाट वडा नं ४ मा अध्यक्ष लडेर पराजित भएका बिष्णु न्यौपाने पनि माअोबादी केन्द्रमा यश अघि नै प्रबेस गरीसकेका छन ।लामो समय कालिकोटमा स्वास्थ्य सेवामा रहेका कांग्रेस समर्थक स्वास्थ्यकर्मि संघका केन्द्रिय सदस्य रहेका सन्ज्याल माअोबादी केन्द्रमा दलबल सहीत प्रबेस गरेका हुन । उनी संगै कांग्रेस नेतृ मेनका सन्ज्याल ,नमराज सन्ज्याल मनि प्रसाद सन्ज्याल पदम ब शाही ,ललिजंङ बुढा, कर्ण ब बुढा भुमिनन्द सन्ज्याल लगाएत ४१ जना रहेका छन
जनमोर्चाबाट ,मुक्ति सन्ज्याल अबिलाल सन्ज्याल ,प्रतिमा सन्ज्याल लगाएत २१ जनाले पनि पार्टी प्रबेस गरेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !