नेकपा माअोबादी केन्द्रका स्थाई कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख जनार्धन शरणमा प्रभाकरले अाफु अब कर्णालिको पार्टी ईन्चार्ज हुन कहिलेही नअाउने बताएका छन । नेपाल सरकारका अर्थमन्त्री समेत रहेका प्रभाबकरले शनिबार सुर्खेत स्थित प्रदेस राजधानिको सिटीहलमा अायोजित पार्टीको प्रथम कर्णाली सम्मेलनको उद्दघाटन समारोहलाई सम्बोधन गर्दै उनले कर्णालिमा नेतृत्व बिकास गर्न अाफुले ठाउँ खालि गर्ने बताएका हुन । जनयुद्व काल देखि कहिले शक्ति बस्नेत कहिले प्रभाकर ईन्चार्ज सान्ती प्रक्रिया पछी शक्ति मन्त्री भए प्रभाकर ईन्चार्ज ,प्रभाकर मन्त्री भए शक्ति ईन्चार्ज हुन्छन भन्ने कार्यकर्तामा परीरहेको बताउदै अब अाफु यो प्रदेसको ईन्चार्ज नहुने बताएका हुन । जनयुद्व ताका पुर्व पश्चिमको नेतृत्व समालेका रूकुम ,कालिकोट र जाजरकोट सल्यान जस्ता जिल्ला रहेको र त्यहाका सहिद परीवार र खादीएर रहेका नेताकार्यकर्ताको भुमिका शुनिश्चित गर्न अाफु कर्णालीको सहयोगी भुमिकामा रहने उनले बताएका छन । तत्कालिन भेरी कर्णालिको नेतृत्व समालेका स्थाई कमिटी सदस्य खड्ग बिस्वकर्मा पार्टी नेतृत्वको मुलधारबाट अलग भए पछी हाल सम्म रूकुम ,सल्यान ,जाजरकोटबाट पार्टी नेतृत्व बाहिर अाउन नसकेको प्रतिपनि माअोबादी केन्द्रमा अान्तरीक छलफल केन्द्रित भैरहेका बेला माअोबादीको शक्ति केन्द्रका रूपमा चिनियका नेता प्रभाकरले अब नेतृत्व निर्माणमा कस्तो भुमिका खेल्छन भन्ने चर्चा हुन थालेको छ । एक घण्टा लामो मन्तब्यका क्रममा नेता शर्माले भेरी र कर्णाली करीडोर बिकासको पाईपलाईन भएको दाबि गरे । सान्ती प्रक्रिया पछी देश माअोबादीको एेजेण्डामा अघि बढे पनि नेतृत्व हाम्रो हुन नसक्नु दुखत भएको बताएका छन । सम्मेलन अाईतबार नया नेतृत्व चयन गर्दै सम्पन्न हुने छ ।