रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोटका बृद्धाबृद्धहरुले भत्ता नपाएको बिषयमा सामाजीक सुरक्षा साखाले दियो प्रतिक्रीया

रास्कोट नगरपालिकामा सामाजिक सुरक्षा भत्ता नपाएको भन्ने बिषयमा रास्कोट नगरपालीकाको सामाजीक सुरक्षा तथा पञ्जीकरण साखाले प्रतिक्रीया दिएको छ । सामाजीक सुरक्षा भत्ता नदीएको बिषयलाइ लिएर बृद्धाबृद्धहरु आइतबार नगर कार्यालयमा पुगेका थिए । सामाजीक सुरक्षा भत्ता पाउने नागरिकले आर्थिक वर्षको तेस्रो चौमासी सुरु हुदा पनि सुरक्षा भत्ता नपाएको भन्दै नगर सरकारको ध्यान केन्द्रित गराएका थिए । सामाजीक सुरक्षा भत्ता नियमपुर्वक नपाएको भन्दै नगर कार्यालयको ध्यान केन्द्रित गर्न पुगेका बृद्धाबृद्धहरुलाइ तत्काल सुरक्षा भत्ता उपलब्ध गराउन रास्कोटमा रहेका कांग्रेस नेताहरुले पनि दवाव बढाएका छन । कांग्रेस नेता दमन शाहीले नागरिकको पक्षमा शसक्त आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।
यता नगर सरकारका सामाजीक सुरक्षा तथा पञ्जीकरण साखाका कर्मचारी हुकुम बहादुर शाहीले गत आर्थीक वर्षमा दिन ढिला भएर छुटेको रकम गएको दशैमा दिएको र पहीलो किस्ता आइतबार बेलुका सम्म सबै बैक खातामा गैसकेकाले बृद्धबृद्धाहरुलाइ खोपकार्ड सहीत रास्कोटमा रहेको ग्वलोवल बैक साखाबाट झिकेर लिन अनुरोध गरेका छन । सबै वडाको खातामा गैसकेले आन्दोलन गर्नु कुनै अर्थ नभएको बताएका छन । उनले सामाजीक संन्जालमार्फत नियमपुर्वक पहीलो किस्ता रकम खाता अध्यावदी लगाएतका कामहरुले ढिला हुन गएको र आफु रातदिन बैक कर्मचारी संग मिलेर खातामा राख्ने काम गरेको उनले बताएका छन । यसमा बृद्धाबृद्धहरुलाइ खाता चेक गर्न अनुरोध गर्दै उनंले एक हप्ता भित्र हैन एक दिन भित्र सबै बृद्धाबृद्धहरुको खातामा पैसा गैसकेको समेत जानकारी दिएका छन । दोस्रो किस्ता रकम पनि माग मसान्त सम्म गैसक्ने जानकारी दिएका छन । समयमै सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने नागरिकले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै नगरपालिका घेराउ गर्न आएको बिषय बाहीरीए पछी नगरको ध्यानकेन्द्रित भएको भन्दै समाचारमा आए जस्तो एक हप्ता हैन एक दिनमा खातामा बृद्धबृद्धाहरुले पैसा पाइसकेको र रातदीन बैक कर्मचारी संगै बसेर आफ्ना कर्मचारीले काम गरि रहेको रास्कोटका उप मेयर मिमसरा बमले रेडीयोलाइ जानकारी दिनु भयो ।
एक सुचना जारी गर्दै रास्कोट नगरपालिकामा सामाजिक सुरक्षा साखाले लाभग्राहि हरुको आर्थिक बर्ष २०७८÷२०७९ को साउन देखि असोज सम्मको ३ महिनाको(पहिलो त्रैमासिक) सामाजिक सुरक्षा भत्ता लाभग्राहिको ग्लोबलआइएमई बैंक खातामा जम्मा भइसकेले सबै वडाका लाभग्राहिहरुले स्वास्थ मापदण्ड अपनाइ खोप कार्डका साथ ग्लोबल आइएमई बैंक बाट रकम बुझिलिन जानकारिका साथ अनुरोध गर्दै शाहीले दोस्रो त्रैमासिक(कार्तिक देखि पौष) सम्मको रकम यहि महिनाको मसान्तसम्म जम्मा हुने जानकारी उनको छ ।
अनलाइनका माध्यमबाट भुक्तानी गर्नु पर्ने भएकोले सबै लाभग्राहिलाइ अनलाइनमा प्रबिस्ट गर्न समय लाग्नु , .बैंक खाता हाल सम्मका बचत खाता भएकाले अबदेखि सामाजिक सुरक्षा खाता परिवर्तन गर्न समय लाग्नु ,लाभग्राहिको अनिवार्य सामाजिक सुरक्षा परिचय प्रत्र बितरण गर्नु पर्ने जस्ता समस्याले ढिला भए पनि अब काम अगाडी बढेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !