निबर्तमान कर्णाली प्रदेसका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले आफ्नो कार्यकालमा बजेट बिनियोजन भएका विभिन्न आयोजनाको अनुगमन गर्नु भएको छ । गृह जिल्ला कालिकोटमा कार्यन्वयनको अबस्थामा रहेका आयोजनाको अनुगमन गर्नु भएको हो । गृह जिल्ला कालिकोटको लालु लैफु सडक आयोजना ,रास्कोटनगरपालिका देखि उहाको गृह पालिका पचालझरना सम्मको सडक , सान्तिघाट सिप्खाना सडक कालोपत्रे , सहिद स्मृति अस्पचाल रास्कोट लगाएतका आयोजनाको अनुगमन गरेर शाही प्रदेस राजधानि सुर्खेत फर्कनु भएको छ ।कालिकोट भौतिक पुर्वाधार कार्यालयको टोलि सहीत रास्कोट नगरका प्रमुख कासिचन्द बराल ,पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवालको साथमा उहाले आयोजना अनुगमन गर्नु भएको हो । कर्णाली प्रदेस सरकारका प्रथम मुख्यमन्त्रि महेन्द्र शाहीले आफ्नो निर्वाचन क्षेत्र लालु देखि सान्नित्रीर्बेणी ,रास्कोट हुँदै बाजुरा लैफु सम्म जोड्ने सडक आयोजनाको अनुगमन गर्नु भएको हो ।